काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा फेरि पूर्ण लकडाउन घोषणा गरिएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार बिहारका उपमुख्यमन्त्री सुशीलकुमार मोदीले बिहारमा आगामी १६ देखि ३१ जुलाईसम्म पूर्ण लकडाउन घोषणा गरेका हुन् ।
बिहारमा कोरोना भाइरस संक्रमितहरुको संख्या १८ हजार ८५२ पुगेको छ भने १६० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा बिहारमा १ हजार ४३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
वि.सं.२०७७ असार ३० मंगलवार १७:२२ मा प्रकाशित