back
NMB ad

८४ अंकले बढ्यो नेप्से : यसकारण यी डेढ दर्जन कम्पनीको शेयर मूल्यमा लाग्यो पोजेटिभ सर्किट ब्रेक

Kumari bank ad

काठमाडौं । आइतवार नेप्से परिसुचक ८४ अंकले वृद्धि भएपछि १८ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट ब्रेक लागेको छ ।अत्यधिक खरीद चाप भएपछि पोजेटिभ सर्किट ब्रेक लागेको हो । १८ वटा कम्पनी मध्ये ६ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

गुँरास लघुवित्त वित्तीय संस्था,एनआईसि एशिया बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक शेयरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

त्यसैगरी नागरिक लगानी कोषको शेयर मूल्य ९.९९,प्रतिशत ,नेपाल लाइफ इन्स्योरेन्सको ९.९६ प्रतिशत, एभरेष्ट बैंकको ९.९५ प्रतिशत, हिमालयन डिष्टीलरीको ९.९५ प्रतिशत, ज्योति विकास बैंकको ९.९४ प्रतिशत, एनएमबि बैंकको ९.९३ प्रतिशत, सेञ्चुरी कर्मशियल बैंकको ९.८८ प्रतिशत, एनसीसी बैंकको ९.८९ प्रतिशत, मेगा बैंकको ९.८६ प्रतिशत, मञ्जुश्री फाइनान्सको ९.७४ प्रतिशत, नेपाल बैंकको ९.७२ प्रतिशत र लुम्बिनी विकास बैंकको शेयर मूल्य ९.५ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेले कम्पनीको शेयर मूल्य ९ दशमलव ५ प्रतिशतभन्दा माथिको वृद्धिलाई सर्किट ब्रेक मान्दै आएको छ । मौद्रिक नीति पुँजी बजारमैत्री आएपछि लगानीकर्ताको आत्मबल झनै वृद्धि भएको हो । केन्द्रीय बैंकले नयाँ मौद्रिक नीतिमार्फत सेयर बजारका लगानीकर्ताले अघि सारेका मागहरु पूरा गरिदिएको छ ।

वि.सं.२०७७ साउन ४ आइतवार १३:०८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...