back
NMB ad

मकवानपुरको पाँचौं जिल्ला सभा आगामी २५ गते गर्ने निर्णय

Kumari bank ad

बिश्व अधिकारी, मकवानपुर । मकवानपुर जिल्लाको पाँचौं जिल्ला सभा आगामी साउन २५ गते आयोजना हुने भएको छ । सोमबार बसेको जिल्ला समन्वय समितिको ६२ औं बोर्ड बैठकले पाँचौं जिल्लासभा आगामी २५ गते आयोजना गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले आगामी साउन २५ गते जिल्ला सभमा आयोजना गर्ने निर्णय गरेको हो । जिल्ला सभाको तयारी तयारीको जिम्मा कार्यालयलाई दिने निर्णय समेत गरेको छ ।

बैठकले समीक्षा बैठक भने भदौ महिनामा आयोजना गर्ने प्रमुख खुलालले जानकारी दिनुभयो । जिससको घोषित वार्षिक कार्यक्रम अन्तर्गत नै जिल्ला सभा र समीक्षा बैठकको आयोजना गर्न लागिएको प्रमुख खुलालले बताउनुभयो ।

जल्ला सभाबाट जिससको नीति कार्यक्रम तथा जिससको चालु आर्थिक वर्षको बजेट पारित गरिने साथै विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिने उहाँले बताउनुभयो । सोमबार  बसेको बैठकमा जिससले स्थानीय तहहरुमा गरेको अनुगमनका बारेमा समिक्षा समेत गरेको थियो ।

जिससले मकवानपुरका १० वटै स्थानीय तहमा गरेको अनुगमनका क्रममा स्थानीइ तहहरुमा देखिएका सकारात्मक तथा कमी कमजोरीका बारेमा बैठकमा समिक्षा गरेको प्रमुख खुलालले बताउनुभयो ।

बैठकमा जिसस उपप्रमुख, सदस्यहरु तथा कर्मचारीहरुले अनुगमनका क्रममा स्थानीय तहहरुमा पाईएका सकारात्मक पक्ष तथा कमी कमजोरीका बारेमा बताउनुभएको थियो । सो क्रममा उहाँहरुले मकवानपुरका स्थानीय तहहरु समग्रमा प्रभावकारी बन्दै गएको पाईएको निष्कर्ष निकाल्नुभएको छ ।

अनुगमनको समिक्षा गर्ने क्रममा जिल्ला सुमन्वय समितिले मकवानपुरका स्थानीय तहहरु समग्रमा सक्षम बन्दै गएको निष्कर्ष निकाल्दै स्थानीय तहहरुको सबल र दुर्बल पक्षका बारेमा समिक्षा गरेको थियो ।

बैठकमा जिल्लाका स्थानीय तहहरुमा भौतिक विकासका पुर्वाधारहरु राम्रो बन्दै गएको र जनताले स्थानीय सरकारको प्रत्याभुति गर्ने अवसर गर्न पाएको निष्कर्ष निकालेको छ ।

त्यस्तै, स्थानीय तहहरुमा जनताले विकासको अनुभुति गर्न थालेको र जनताबाट गुनासा पनि आउन कम हुँदै गएको, सामाजिक क्षेत्रमा सुधारका लागि प्रसस्त प्रयत्नहरु गरेको, न्यायिक समितिबाट भएका न्यायिक कार्यले जनतामा सकारात्मक प्रभाव परेको, कोभिड–१९ महामारीको समयमा स्थानीइ तहहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेको तर जिल्लाका केहि स्थानीय तहहरुले काम गरेर पनि व्यवस्थापन पक्षमा भने कमजोरी गरेको पाईएको निष्कर्ष निकाले छ ।

त्यस्तै बैठकले स्थानीय तहहरुले तत्कालै गर्नुपर्ने र दीर्घकालिन रुपमा गर्ने आवधिक र दिर्घकालिन योजनाहरु तयारी नबनाउनु, योजनाको प्राथमिकिकरण नगर्नु, सुचना प्रणली व्यवस्थित नगरिनु, व्यवस्थित अभिलेखिकरण नहुनु, प्राकृतिक स्रोतको व्यवस्थित प्रयोग र राजस्व बृद्धि गर्ने कुरामा ध्यान नदिएको, विषयगत क्षेत्रका काम व्यवस्थित नभएको, पालिका बिचमा समन्वय र सहजिकरणमा ध्यान नगएको, वातावरण संरक्षणमा ध्यान जान नसकेको, विषयगत क्षेत्रको बजेट कम खर्च भएको, सामाजिक संघसंस्था परिचालनमा अन्यौलता देखिएको निष्कर्ष निकालेको छ ।

सो क्रममा जिसस प्रमुख खुलालले स्थानीय तहहरु समग्रमा सक्षम बन्दै गएको पाईएको बताउनुभयो । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, जिससका सदस्यहरु लगायत कार्यालयका कर्मचारीहरुको सहभागिता थियो ।

वि.सं.२०७७ साउन ५ सोमवार १८:३३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...