back
NMB ad

प्रभु बैंकको उच्च व्यवस्थापनमा हेरफेर, कसलाई कुन जिम्मेवारी ?

Kumari bank ad

काठमाडौं । प्रभु बैंकको उच्च व्यवस्थापनमा हेरफेर भएको छ । यसअघि डेपुटी जनरल म्यानेजर (डीजीएम) रहेका मनिराम पोखरेल डेपुटी सीइओ हुनुभएको छ ।

त्यसैगरी, प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिनेश थकाली प्रभु बैंकले प्रवर्द्धन गरेको प्रभु क्यापिटलको प्रबन्ध निर्देशक हुनुभएको छ। प्रभु क्यापिटलका यसअघिका सीइओ भोलाप्रसाद पाठकलाई बागमती प्रदेश कार्यालय अर्थात् बागमती बिजनेश सेन्टरको प्रमुखको जिम्मेवारी दिइएको छ ।

यसअघि प्रमुख कर्जा अधिकृत (सीसीओ) रहेका निरज लम्साललाई बागमती बिजनेश सेन्टर बिको प्रमुख बनाइएको बैंकले जनाएको छ ।
यसअघि मानव संशाधन र कर्पोरेट हेड रहेकी रश्मी पन्तलाई सीओओको जिम्मेवारी पनि थपिएको छ । पन्त बैंकको सूचना अधिकारी हुनुहुन्छ ।

त्यसैगरी, यसअघि बिजनेश बैंकिङ हेड रहेका रिवस श्रेष्ठलाई सीसीओको जिममेवारी दिइएको छ भने यसअघि रिटेल बैंकिङ चिफ रहेका रेणुप्रसाद पाण्डेलाई चिफ बिजनेस अफिसर (सीबीओ) को जिम्मेवारी दिइएको छ । साउन १ गतेदेखि लागू हुनेगरी जिम्मेवारी हेरफेर गरिएको बैंकले जनाएको छ ।

वि.सं.२०७७ साउन ७ बुधवार १२:४५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...