back
NMB ad

जिसस मकवानपुरद्वारा प्रमुख सचिव रायको बिदाई

Kumari bank ad

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सरुवा भएर जान लाग्नु भएका बागमती प्रदेशका प्रमुख सचिव तोयम रायको बिदाई गरेको छ ।

बिहीबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय समिति मकवानपुर परिवारले प्रमुख सचिव रायलाई विदाई गरेको हो ।जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनीलगायतले उहाँलाई मायाको चिनो प्रदान गरेर आगामि कार्यकालको सफलताको शुभकामनासहित विदाई गर्नुभएको हो ।

कार्यक्रममा जिसस प्रमुख रघुनाथ खुलालले प्रमुख सचिव रायको कार्य कुशलताको प्रशंसा गर्दै आगामि कार्यकालको शुभकामना व्यक्त गर्नभएको थियो । प्रमुख खुलालले प्रमुख सचिव रायले जिल्ला समन्वय समितिलाई गर्नुभएको सहयोगकोलागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।

करीब ११ महिना बागमती प्रदेशको प्रमुख सचिवका रुपमा कार्य गर्नुभएका उहाँ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएर जान लाग्नुभएको हो । विदाई कार्यक्रममा प्रमुख सचिव रायले संविधानत स्थापना भएको जिल्ला समन्वय समितिलाई संघ र प्रदेश सरकारले थप जिम्मेवारी दिनुपर्ने बताउनुभयो ।

उहाँले केन्द्र तथा प्रदेश सरकारले थप कार्यालय खडा गरेर खर्चको भार बढाउनु भन्दा जिल्ला समन्वय समितिलाई नै प्रयोग गर्न सक्ने तिर सोच्नुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकारका साना–साना काममा जनताले एक जिल्लाबाट अर्को जिल्लासम्म सम्झौता लगायतका काम गर्न जानुपर्ने भएकाले त्यसको अन्त्य गर्न र जनताको सहजताकालागि जिल्ला समन्वय समितिमा केहि कर्मचारी थप गरेर जिम्मेवारी दिदाँ उपयुक्त हुने बताउनुभयो ।

प्रमुख सचिव रायले प्रदेश सरकारले हरेक जिल्लामा कार्यालय स्थापना गर्दा खर्च भार बढ्नुका साथै काम समेत प्रभावकारी हुन सजह नहुने भन्दै समन्वय र सजजिकरणका लागि जिल्ला समन्व्य समिति प्रभावकारी हुने उहाँले बताउनुभयो ।

स्थानीय तहका जनप्रतिनिधिसंग सहकारीता र सहजीकरणका लागि जिल्ला समन्व्य समिति प्रभावकारी हुने उहाँको भनाई थियो । प्रदेश र स्थानीय सरकारको सहजकर्ताका रुपमा थप कार्यविधि र जिम्मेवारी दिने तर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

तीनै तहका सरकारको उदेश्य समृद्धि नै भएको तर समृद्धि र संघीयता सफल बनाउन जिल्ला समन्वय समितिको भुमि र जिम्मवारी थप गर्नुपर्ने साथै क्षेत्राधिकार बढाउनु पर्ने उहाँको भनाई थियो ।

वि.सं.२०७७ साउन ८ बिहीवार १८:२६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...