back
NMB ad

६ दिनपछि खुल्यो नौबिसे-मुग्लिङ सडकखण्ड

Kumari bank ad

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिङ सडकखण्ड ६ दिनपछि खुलेको छ । पहिरोका कारण अवरुद्ध यो सडकखण्डमा गएरातिदेखि दुईतर्फी नै गाडी चल्न थालेको इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

मौवाखोलाको पुल मर्मतको काम सकिएपछि रातिदेखि नै गाडी चल्न थालेका हुन् । मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गएको ५ गतेदेखि बन्द भएको थियो ।

यसैगरी पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड १६ दिनसम्म पनि खुल्न सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो ।

सडक खुलाउन अझै समय लाग्ने सडक विभागले जनाएको छ । साँफेबगर-मार्तडी सडकखण्ड पनि १६ दिनदेखि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ ।

यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ । यस्तै पहिरोका कारण १२ दिनदेखि अवरुद्ध कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन । यस्तै एक हप्तादेखि अवरुद्ध बेशी शहर चामे(सडकखण्ड पनि बन्द नै छ ।

घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । पहिरोका कारण डुम्रे(बन्दीपुर सडकखण्ड पनि अवरुद्ध छ । गल्छी-त्रिशुली-मैलुङ-स्याुफ्रुबेशी-रसुवागढी सडकखण्ड पनि साउन १ गतेदेखि अवरुद्ध नै छ ।

सडक सञ्चालनमा आउन समय लाग्ने सडक विभागले जनाएको छ । यस्तै काठमाडौको टोखा नगरपालिका-२ मालुङ पन्चेटारमा सडक भासिएपछि नुवाकोट जाने बाटो पनि अवरुद्ध भएको छ । लगातार पानी परेपछि भासिएको सडक मर्मतको काम चलिरहेको प्रहरीले जनाएको छ । बाटो अवरुद्ध भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

वि.सं.२०७७ साउन ११ आइतवार ०८:५६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...