back
NMB ad

भदौ पहिलो साताबाट हुने भनिएको परीक्षा फेरि स्थगित, विश्वविद्यालयले गर्यो यस्तो निर्णय !

Kumari bank ad

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय भदौ पहिलो साताबाट परीक्षा गराउने निर्णयबाट पछि हटेको छ। साउन ७ गते विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयबाट कोरोना संक्रमण र लकडाउनका कारण रोकिएका परीक्षाहरु स्वास्थ्य निर्देशिका पालना गर्दै सञ्चालन गर्ने निर्णय गरेको थियो।

भदौ पहिलो साताबाट समाजिक दुरी कायम राख्दै परीक्षा अघि बढाउने तयारी थियो विश्वविद्यालय। तर लकडाउन खुले पनि कोरोनाको महामारी नरोकिँदा परीक्षा फेरि स्थगित गर्ने निर्णयमा विश्वविद्यालय पुगेको हो ।

’पछिल्ला केही दिनमा कोरोना सङ्क्रमणको कारणले कतिपय जिल्लाहरुमा नेपाल सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा यी सबै कुराहरुलाई मध्यनजर गर्दै अवस्था सामान्य भएपछि मात्र परीक्षाका तालिकाहरु प्रकाशित गरिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विश्वविद्यालयले आइतवार अबेर जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यता त्रिभुवन विश्वविद्यालयले पनि भदौको दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिरहँदा विद्यार्थी संगठन तथा सरोकारवालाहरुले चर्को विरोध गरिरहेका छन्।त्यस्तै स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोनाको केस अझै आइरहेकाले जोखिम यथावत् रहेको बताउँदै आएको छ।

वि.सं.२०७७ साउन १२ सोमवार ०८:२९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...