back
NMB ad

चितवनमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण सम्पन्न

Kumari bank ad

भरतपुर । चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो ।

सवस्टेशनमा राखिएका १३२/३३ केभी र ३० एमभीएका दुई पावर ट्रान्सफर्मरमध्ये एउटा नोलोडमा चार्ज गरिएको छ । हेटौँडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई सवस्टेशनभित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको आयोजना प्रमुख रमनराज शर्माले जानकारी दिए ।

उनले अब लोड दिएर चार्ज गर्ने तयारी गरेको बताए । हेटौँडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सवस्टेशन निर्माण गरिएको शर्माले जानकारी दिए ।

‘त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि ३३/११ केभी, १६ दशमलव ६ एमभीए पावर ट्रान्सफर्मर आइतवारदेखि चार्ज गरिएको छ, सवस्टेशन स्वचालित प्रणालीको सञ्चालन र ११ केभी फिडरबाट केही दिनमा विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ’, उनले भने ।

उनले सवस्टेशन सञ्चालनमा आएपछि प्राविधिक चुहावट घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने बताए । अहिले भरतपुरमा रहेको १३२ केभी सवस्टेशनबाट करीब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३/११ केभी चैनपुर सवस्टेशनमार्फत पूर्वी चितवनमा विद्युत् आपूर्ति भइरहेको छ ।

लामो दूरीका कारण लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या हुँदै आएको छ । पूर्वी चितवन सवस्टेशनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सवस्टेशनको लोड पनि काम हुनेछ । पूर्वी चितवनको समस्या पनि समाधान हुने आयोजनाले जानकारी दिएको छ ।

आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ । आयोजनाको काम विसं २०७५ असारदेखि शुरु भएको थियो । गत चैतभित्रमा सञ्चालन गर्ने लक्ष्य राखिएको सवस्टेशनको निर्माण विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुँदा केही ढिला भएको हो । लकडाउनपछि अहिले बाँकी काम धमाधम भइरहेको छ ।

सवस्टेशन निर्माणको जिम्मा सिक्युएनइसी–एनएचई निर्माण कम्पनीले पाएको थियो । ‘विसं २०७६ चैतभित्र सवस्टेशन निर्माणको काम सम्पन्न हुनुपर्ने थियो’, आयोजनाका इञ्जीनियर नारायण सापकोटाले भने, ‘असार मसान्तसम्म म्याद थप गरेर काम गरेका हौँ ।’ यो सवस्टेशनमा जडित उपकरण अटोमेशन सिस्टम (स्वचालित प्रणाली) बाट सञ्चालन गर्न सकिने गरी निर्माण गरिएको छ ।

स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि हर्दीबाट पर्सा सवस्टेशनसम्म करीब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन र ११ केभी वितरण लाइन पनि निर्माण हुँदैछ । ३३ केभी लाइन ६ महीनाभित्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । ‘अहिले स्थानीय क्षेत्रमा ११ केभीको दुईओटा फिडरबाट वितरण हुन्छ, पछि चारओटा फिडरबाट वितरणको तयारी गरेका छौँ’, सापकोटाले भने ।

राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले सवस्टेशन निर्माणपश्चात पूर्वी चितवनका नागरिकलाई ठूलो राहत मिल्ने बताए । उनले भने, ‘हामीले वर्षैदेखि लोडसेडिङ र लो भोल्टेजको समस्या झेल्दै आएका हौँ, सवस्टेशन निर्माणपछि यो समस्या हल भएको छ ।’ उनले स्थानीयवासीलाई रोजगारी प्रदान गर्दै उद्योग कलकारखाना स्थापनाका लागि पनि सवस्टेशनले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

वि.सं.२०७७ साउन १४ बुधवार १०:४६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...