बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर २ को क्याम्पस चोकमा एक घर भत्किएको छ । बुधबार राती परेको अविरल वर्षाको कारण क्याम्पस चोकका बालकृष्ण आचार्यको घर भत्किएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
पुरानो घर भएकोले अहिले उक्त घरमा कोहि नबसेको पन्तले जानकारी दिनुभयो । उक्त घरमा पहिले भाडामा बस्दै आएका भएपनि हिजो राती कोहि पनि नभएको कारण मानविय क्षति नभएको पन्तले बताउनुभयो ।
राती घर भत्किएको खबर प्राप्त भएपछि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भत्किएको घरबाट आवश्यक सामाग्रीहरु निकालिरहेका छन् । के कति क्षति भएको छ भन्ने बारेमा प्रहरीले अहिले मुजुल्का उठाइरहेको जनाएको छ ।
वि.सं.२०७७ साउन १५ बिहीवार ०८:२६ मा प्रकाशित