back
NMB ad

मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्यो अस्थायी दरबन्दी

Kumari bank ad

काठमाडौं । सरकारले विभिन्न आयोग र मन्त्रालयका कर्मचारीका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले तीन सय १८ वटा राजपत्राङ्कित कर्मचारीका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको हो।

सरकारका प्रवक्ता युवराज खतिवडाले विभिन्न मन्त्रालयका प्रस्तावका आधारमा ती दरबन्दी स्वीकृत गरिएको जानकारी दिनुभयो ।उहाँकाअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा सत्य निरूपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयका लागि ३५ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको हो।

आयोगकै मुकाम कार्यालयका लागि २१ जना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको खतिवडाले जानकारी दिनुभयो ।

कृषि मन्त्रालयका दुई प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदले १९ वटा दरबन्दी सिर्जना गरेको छ भने मन्त्रालयकै विभिन्न आयोजनाका लागि दुई सय २० वटा राजपत्राङ्कित पद स्वीकृत गरिएको हो।

वि.सं.२०७७ साउन १५ बिहीवार १६:१७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...