back
NMB ad

६३ लाख कित्ता आईपीओ निष्कासन गर्न रिलायन्स लाइफ इन्स्योरेन्सले पायो अनुमति

Kumari bank ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट साउन १६ गते स्वीकृती पाएसँगै सर्वसाधारणका लागि उक्त कम्पनीको आईपीओ विक्रीमा आउने भएको हो ।

उक्त कम्पनीले अब ६३ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गर्ने आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ ।

कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ६ करोड १८ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा १२८ प्रतिशतले वृद्धि भएको हो ।

सो अवधिमा कम्पनीले रू. २ करोड ७० लाख नाफा कमाएको थियो । चुक्तापूँजी रू. १ अर्ब ४७ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. १४ करोड ९६ लाख सञ्चित गरेको छ ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ८२ करोड २३ लाख बीमाशुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले १६ जनालाई रू. १ करोड ६७ लाख दाबी भुक्तानी गरेको छ भने एक जनालाई रू. १० लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीको जीवन बीमा कोषमा रू. ८६ करोड ९८ लाख जम्मा भएको छ । सोही अवधिमा कम्पनीले बीमा लेखको धितोमा राखेर रू. ९ करोड ७१ लाख कर्जा प्रवाह गरेको छ ।

वि.सं.२०७७ साउन १६ शुक्रवार १३:२१ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...