back
NMB ad

उप-सचिव प्रेम सञ्जेलमाथि नियोजित आक्रमण : यस्तो रहेछ खास कारण !

Kumari bank ad

विराटनगर । भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका नेपाल सरकारका उप-सचिव प्रेमप्रसाद सञ्जेलमाथि षडयन्त्रपूर्वक र नियोजित रुपमा आक्रमण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि शनिबार बिहान कार्यालयभित्रै दुई महिला कर्मचारीले कुटपिट गरेका थिए। करारमा कार्यरत कार्यालय सहयोगी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले उनीमाथि आफ्नै कार्यकक्षमा आक्रमण गरेका हुन्। प्रहरीले घटनामा संलग्न दुवै जनाविरुद्ध आइतबार अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

घटनालाई तोडमोड गर्ने उदेश्य राख्दै गैर सरकारी संस्था (एनजीओ) ले चलखेल बढाएको पाइएको छ। एनजीओले घटनामा संलग्नविरुद्ध कारबाही अघि नबढाउन दबाब सिर्जना गर्ने हिसाबले कुटपिटमा संलग्न महिलालाई नै सञ्जेलविरुद्ध जाहेरी दिन उक्साएको प्रहरीको भनाइ छ।

प्रहरीलाई दबाब सिर्जना गर्ने हिसाबले महिला अधिकारको क्षेत्रमा काम गर्ने भनेर चिनिएको संस्था ओरेक नेपाल विराटनगरका प्रमुख दीपक सेन्च्यूरी लगायत केही एनजीओकर्मी शनिबार जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेका थिए।

शनिबार राति १० बजेसम्म सञ्जेल र कुटपिट गर्ने पक्षबीच छलफल चलाएको प्रहरी अन्ततः आक्रमणमा संलग्नविरुद्ध कारबाही अघि बढाउने निष्कर्षमा पुगेको हो।

कुटपिटमा संलग्न दुवै कर्मचारीले कार्यालय प्रमुख सञ्जेलले आफूहरुलाई अनेक हिसाबले हिंसा र दुरव्यवहार गर्ने गरेका कारण प्रतिवाद गर्नु पर्ने अवस्था आएको भन्दै जाहेरी दिएका थिए। तर एनजीओको उक्साहटमा वास्तविकता र यथार्थ लुकाएर घटनालाई तोडमोड गर्ने प्रयास भएको भन्दै प्रहरीले उक्त जाहेरी लिन अस्वीकार गर्यो‍।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनाको यथार्थभन्दा अलग हिसाबमा कार्यालय प्रमुखलाई कुटपिट गर्ने महिला कर्मचारीले जाहेरी दिन खोजेपछि दर्ता नगरिएको बताए। ‘घटनाको वास्तविकता के हो भनेर छलफल गर्ने र राति अवेरसम्म सबैतिर बुझ्ने काम भयो,’ उनले भने, ‘महिला कर्मचारीले सञ्जेलले आफूहरुमाथि बारम्बार दुरव्यवहार गर्ने गरेका कारण आक्रमण गर्नु परेको बताए पनि त्यस अघिसम्म कारबाहीका लागि सम्बन्धित निकायमा आएको पाइएन।’

काम नगरेको भन्दै सञ्जेलले शुक्रबार कामबाट निकालिदिएका करारका नायव सुब्बा निर्मलकुमार दाहाल कुटपिटमा संलग्नमध्ये नेत्र भट्टराई (निरौला) को बहिनी ज्वाईं हुन्। केही दिनअघि कार्यालयको पानी तान्ने मोटर पनि चोरी भएको थियो। कार्यालयका सामानको सुरक्षा नभएको भन्दै सञ्जेलले चार जना करारका कार्यालय सहायक मध्ये दुई÷दुई जना गरेर पालो हिसाबले २४ घण्टानै ड्युटीमा खटाएका थिए।

आफूहरुलाई धेरै ड्युटी लगाएको र आफन्तलाई पनि जागिरबाट निकालिदिएको रिसमा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सञ्जेललाई सँगै गाडीमा लिएर आएका चालक निरज भट्टराईलाई बाहिर निकाल्दै दुवै जना मिलेर ढोकाको चुक्कुल लगाएर कार्यकक्षमा आक्रमण गरिएको प्रहरीले जनाएको छ।

शनिबार सार्वजनिक विदा भएकाले कार्यालय नआउने भनेर घरमै बसेका सञ्जेललाई उनीहरुले नै बोलाएर पहिलेनै बनेको योजनाअनुसार नियोजित रुपमा आक्रमण गरेको देखिएको डीएसपी राईले बताए।

वि.सं.२०७७ साउन १८ आइतवार २१:११ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...