back
Kumari Bank

एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Bank

काठमाडौं । एकै परिवारका १४ जनासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि मोरङको रङ्गेली नगरपालिका सोमबार राति १२ बजेदेखि अनिश्चितकालका लागि शिल गरिएको छ ।

एकै परिवारका १४ जनासहित २२ जनामा कोरोना देखिएको सोमबार राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नगर क्षेत्र शिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए ।

१४ जना संक्रमित भेटिएको परिवारमा एक महिला (छोरी) भारतबाट आएको र उनकै कारण संक्रमण फैलिएको् हुनसक्ने उनले अनुमान गरे ।
वुबा बिरामी परेपछि ती युवती भेट्नका लागि दिल्लीबाट नेपाल आएकी थिइन् ।

पछि ती बृद्धको मृत्यु भएको र उनको अन्तिम संस्कारमा सहभागी भएका परिवारका सदस्य र केही गाउँलेमा पनि कोरोना देखिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने ।

‘संक्रमितहरु धेरै जनाको सम्पर्कमा आएका कारण उहाँहरुको सम्पर्कमा आएकाहरुको पनि स्वाब संकलन गरी परीक्षण भइरहेको छ’, सुवेदीले भने, ‘उहाँहरुको रिपोर्ट आएपछि कति समय शिल गर्ने भन्नेबारेमा फेरि छलफल गर्नेछौं ।’

वि.सं.२०७७ साउन २० मंगलवार १२:३४ मा प्रकाशित

You can share this post!

सहकारी संस्थाबाट हिनामिना भएको पौने चार अर्ब रुपैयाँ पीडितलाई फिर्ता

सहकारी संस्थाबाट हिनामिना भएको पौने चार अर्ब रुपैयाँ पीडितलाई फिर्ता

वि.सं.२०८२ असार २२ आइतवार २१:२२

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन...

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली   

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली   

वि.सं.२०८२ असार २२ आइतवार २१:०८

हुम्ला : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र...

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्काशन गर्ने,  प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्काशन गर्ने, प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८२ असार २२ आइतवार १८:१६

काठमाडौं : गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले आफ्नो १० करोड...

कृषिको क्षेत्रमा रुपान्तरणका लागि विशिष्टीकृत वित्तिय संस्था आवश्यक छ : डा. युवराज खतिवडा

कृषिको क्षेत्रमा रुपान्तरणका लागि विशिष्टीकृत वित्तिय संस्था आवश्यक छ : डा. युवराज खतिवडा

वि.सं.२०८२ असार २२ आइतवार १७:५५

काठमाडौं । नेपाल सरकारका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले...

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

वि.सं.२०८२ असार २२ आइतवार १७:४४

काठमाडौं । विकास हाइड्रोपावरको आइपीओमा २ अर्ब ५६ करोड २७...

थप ३७ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ३७ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार २२ आइतवार १५:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको...