back
NMB ad

परीक्षा हुन नसकेपछि फाराम भरेको पैसा फिर्ता गरिने

Kumari bank ad

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा फाराम भरेकाको पैसा फिर्ता गर्ने भएको छ। कोभिड १९ को संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि विद्यार्थीको पैसा सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्ने बोर्डले जानकारी दिएको हो ।

तर परीक्षाका लागि लिएको ६ सय रुपैंँया मध्ये प्रति विद्यार्थी चार सय मात्रै फिर्ता दिने निर्णय बोर्डले गरेको छ। दुई सय रुपैँया परीक्षाको तयारी तथा प्रश्नपत्र छपाई लगायतमा खर्च भएकोले फिर्ता दिन नसकिने बोर्डको भनाइ छ ।

अन्नपूर्ण पोस्टले छापेको समाचार अनुसार फिर्ता गर्ने भनिएको रकम विद्यार्थीको कक्षा १२ को परीक्षा फाराम भर्ने समयमा मिनाहा गर्ने पनि बोर्डले जनाएको छ।

बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भने आफैँ सञ्चालन गर्दैछ। कक्षा ११ को परीक्षा भने सम्बन्धित विद्यालयले सञ्चालन गर्नेछन्। पुरक तर्फका विद्यार्थीको शुल्क ट्रान्सकिप्ट लिने बेला मिलान गरिनेछ। बोर्डले परीक्षा सञ्चालन गर्दा परीक्षा आवेदन बापत ६ सय र रजिस्ट्रेसन शुल्क बापत ४ सय गरी प्रति विद्यार्थी १ हजार रुपैयाँ शुल्क लिँदै आएको थियो।

यो वर्ष ११ कक्षामा जम्मा ५ लाख ३२ हजार विद्यार्थीले परीक्षा आवेदन फारम भरेका थिए। बोर्डमा कक्षा ११ को परीक्षा शुल्क रजिस्ट्रेसन बापत ५३ करोड २० लाख रुपैयाँ जम्मा भएको बताइएको छ ।

वि.सं.२०७७ साउन २३ शुक्रवार ०७:३४ मा प्रकाशित

You can share this post!

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...