back
NMB ad

सबै बैंक तथा वित्तीय संस्थालाई राष्ट्रले बैंकले जारी गर्यो यस्तो निर्देशन

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आलोपालो प्रणालीमा काम लगाउन र घरबाटै काम गराउन निर्देशन दिएको छ।

कोभिड–१९ को जोखिम बढ्दै गएकाले यसको न्यूनीकरण गर्न तथा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि घरैबाट काम गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले २५ साउनमा सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । राष्ट्र बैंकले जोररबिजोर प्रणाली कार्यान्वयन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

नेपाल सरकारबाट जारी स्वाथ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्दै हाल दिइँदै आएको सेवा प्रवाहलाई निरन्तरता दिन बिजनेश कन्टिन्युटी प्लान तयार गर्न पनि निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्थाका प्रादेशिक शाखा कार्यालयलाई पनि न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गर्ने वा वैकल्पिक रुपमा आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि ब्यांकले आग्रह गरेको छ ।

कोभिडको जोखिम पछिल्ला दिनमा बढेसँगै विभिन्न स्थानमा गरिएको बन्दाबन्दी, निषेधाज्ञा, सवारी साधनको आवागमनमा जोररबिजोर प्रणाली लागू सहितका संक्रमण न्यूनीकरणको प्रयास भइरहेको छ ।

राष्ट्र बैंकले पनि संक्रमण न्यूनीकरणको प्रयासकै लागि बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको छ । सेवा निरन्तर नगरिएका शाखाहरुको विवरण दैनिक रुपमा राष्ट्र बैंकमा रिपोर्टिङ पोर्टल मार्फत जानकारी दिने र विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्न पनि केन्द्रीय बैंकले निर्देशन दिएको छ।

वि.सं.२०७७ साउन २५ आइतवार १७:१३ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...