back
NMB ad

सूर्य नेपालले कमायो ९ अर्ब ८८ करोड नाफा, यस्तो छ कम्पनीको वित्तिय विवरण

Kumari bank ad

काठमाडौं । सूर्य नेपालले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ८८ करोड रुपैयाँ नाफा गरेको छ । नेपाल सरकारको सबैभन्दा धेरै करदाताको सूचीमा पर्ने सूर्य नेपालले अघिल्लो वर्ष ३७ अर्ब ४७ करोड रुपैयाँको चुरोट बिक्री गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा ९ अर्ब १७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। त्यस्तै ३३ अर्ब ३७ करोड रुपैयाँको चुरोट बिक्री गरेको थियो । कम्पनीका सेयरधनीले पनि राम्रो लाभांश प्राप्त गरेका छन्।

कम्पनीले गत वर्ष २०७६/७७ मा ९ अर्ब ८५ करोड रुपैयाँ लाभांश वितरण गरेको थियो। अर्बौ रुपैयाँ नाफा गर्ने सूर्य नेपालले ५ अर्ब ७५ करोड रुपैयाँको ऋण लिएको छ।

उक्त ऋणका लागि गरिएको रेटिङमा अहिलेसम्मकै सबैभन्दा राम्रो रेटिङ प्राप्त गरेको छ। कम्पनीले ’केयर एनपि ए वन प्लस’ प्राप्त गरेको छ। यो रेटिङ मध्येकै सबैभन्दा राम्रो रेटिङ हो। यस्तो रेटिङ कमै मात्रै ऋणीले प्राप्त गर्छन्।

नेपालको चुरोट बजारमा राज गरेको सूर्य नेपालको आफ्नै ब्राण्ड छ। कम्पनीको आफ्नै ब्राण्ड, उत्कृष्ठ वित्तीय अवस्थाका कारण सबैभन्दा राम्रो रेटिङ प्राप्त गरेको केयर रेटिङ नेपालले जनाएको छ।

कोभिड १९ ले कम्पनीको उत्पादन तथा सञ्चालनमा प्रभाव पारेको कम्पनीले जनाएको छ। कोभिडको प्रभावले बैंकको क्यास फ्लोमा समस्या पारेको हो। दैनिक सञ्चालन पुँजी ’वर्किङ क्यापिटल लोन’का लागि कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको हो। यस बाहेक कम्पनीसँग कुनै पनि दिर्घकालीन कर्जा छैन।

सूर्य नेपालमा भारतको आइटिसी कम्पनीको मात्रै ५९ प्रतिशत सेयर स्वामित्व रहेको छ। सूर्य नेपालको सञ्चालकमा भारतको आइटिसीका प्रबन्ध निर्देशक सञ्जीव पुरी रहेका छन्। पुरीको विभिन्न क्षेत्रमा ४० वर्षभन्दा लामो समयको अनुभव रहेको छ। कम्पनीको बाँकी ३९ प्रतिशत सेयर विभन्न संस्था तथा व्यक्तिगत लगानीकर्ताको छ।

वि.सं.२०७७ साउन २८ बुधवार १७:५४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...