back
NMB ad

नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ

Kumari bank ad

काठमाडौ । योवर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ ।

समयमै पानी परेका कारण मौसमको अनुकूलता र कोरोना भाइरस (कोभिड–१९)ले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने, “हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा यसपटक धान रोपाइँ भएको छ ।

समयमै पानी परेको तथा पर्याप्त जनशक्ति उपलब्ध भएका कारण गत वर्षभन्दा तीन प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।”गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले खबर लेखेका छन् ।

वि.सं.२०७७ साउन २९ बिहीवार ०७:४६ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...