back
NMB ad

पुनः लकडाउन घोषणा, अत्यावश्यक सेवा मात्र संचालन हुने !

Kumari bank ad

बुटवल । कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन थपिँदै जान थालेपछि बुटवल उपमहानगरपालिकामा लकडाउन गरिएको छ।

बुधबार प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केशी, सुरक्षा निकायका प्रमुख तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित बसेको बैठकले बुटवलमा पुनः लकडाउन गर्ने निर्णय गरेको हो।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म ९ दिन लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिइन्।

अचानक लकडाउन गर्दा बुटवलबाट अन्यत्र जाने र बुटवल आउनेहरुलाई हुनसक्ने समस्यालाई मध्यनजर गरी एकदिनको समय दिएर लकडाउन गर्ने निर्णय गरिएको आचार्यले बताइन्।

लकडाउन घोषणा गरिएपछि बुटवलमा अत्यावश्यक सेवाका सवारी साधन, दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने साधन लगायत अत्यावश्यक सेवा मात्र संचालन हुने छन्। साउन महिना लागेसँगै लकडाउन हटेपछि बुटवलमा यातायात बाहेकका सेवाहरु संचालन हुने क्रम बढिरहेको थियो।

प्रदेशको अस्थायी राजधानी रहेका कारण दैनिक आवतजावत गर्ने व्यक्तिहरुको चाप बढिरहेको र कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि लकडाउन गर्ने निर्णय गरिएको उपप्रमुख आचार्यले जानकारी दिइन्।

वि.सं.२०७७ साउन २९ बिहीवार ०८:५७ मा प्रकाशित

You can share this post!

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...