काठमाडौं । नबिल बैंकले पाँच वर्ष पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले विभिन्न साधारण सभाबाट पारीत नगद लाभांश हालसम्ममा पनि लिन नआएका शेयधरनीलाई लिन भनेको हो ।
सूचना प्रकाशित गरेको मितिले एक महीना भित्रमा नगद लाभांश लिन नआएमा उक्त रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि कम्पनीले भनेको छ । उक्त नगद लाभांश शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङमा सम्पर्क गरेपछि पाउनेछन् ।
वि.सं.२०७७ साउन २९ बिहीवार १२:०७ मा प्रकाशित