back
NMB ad

आजै रातिदेखि लागू हुने गरी एक साताका लागि कर्फ्यु घोषणा

Kumari bank ad

धनकुटा । धनकुटा नगरपालिकाका ६ वटा वडामा बिहीबार रातिदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा घोषणा भएको छ ।

प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको अध्यक्षतामा बसेको कोभिड– १९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा घोषणा गर्ने निर्णय गरेको हो ।

संक्रामण रोग ऐन, २०२० बमोजिम आवत–जावतमा प्रतिबन्ध लगाउन धनकुटा नगरपालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ मा साउन २९ गते राति १२ बजेदेखि भदौ ४ गते राति १२ बजेसम्म निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले बताए ।

धनकुटाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद कुसुम श्रेष्ठसहितका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको कन्ट्रयाक ट्रेसिङमा धेरै व्यक्ति परेकाले निषेधित क्षेत्र घोषणा गरेर स्वाब संकलन गर्न लागिएको छ ।

स्वाब संकलन गरिएका व्यक्तिको रिपोर्ट नआउँदासम्मका लागि आवत–जावतमा प्रतिबन्ध लगाउन निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको हो ।निषेधित क्षेत्र घोषणा गरिएको अवधिमा सो क्षेत्रमा अत्यावश्यक काममा बाहेक आवत–जावत गर्न पूर्ण रोक लगाइनेछ ।

दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाका मानिसलाई धनकुटामा आवागमनमा रोक लगाउनेसमेत बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिमलीले बताए ।

प्रदेश सांसद श्रेष्ठ र उनको श्रीमान्सहित अहिलेसम्म धनकुटामा १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यता धनकुटा नगरपालिकाले पनि अत्यावश्यक सेवाबाहेकका सबै सेवा एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ ।

धनकुटा नगरपालिका कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक सम्पन्न बैठकले कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा सेवा केन्द्रहरूबाट प्रवाह गरिने सेवाहरू एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए ।

सो समयमा सार्वजनिक भेला, भोजभतेर, गोष्ठी, बैठक, चाड मनाउनेजस्ता भिडभाड हुने कुनै पनि गतिविधि नगर्न नगरवासीमा अनुरोध गरिएको छ ।

वि.सं.२०७७ साउन २९ बिहीवार १३:३९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...