back
NMB ad

एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा विभिन्न इलेक्ट्रोनिक सामग्री खरिद गर्न सक्ने

Kumari bank ad

काठमाडौं । अतुलनीय तथा असिमित सुविधाहरू सहित देशभर फैलिएका शाखा तथा सञ्जालमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यस एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री उत्कृष्ट योजना ल्याउने क्रममा आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई शून्य ब्याजदरमै विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सकिने योजना ल्याएको छ ।

यस योजनामार्फत ग्राहक महानुभावहरूले उक्त इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरिद गरी किस्ताबन्दीमा खरिद रकम बैंकलाई भुक्तानी गर्ने सुविधाको लाभ उठाउन सक्नुहुनेछ ।

यस बैंकले सिजी डिजिटल प्रा.लि., एल जी लाइफ स्टाइल शोपी प्रा. लि., इभोलुसन ट्रेडिङ प्रा. लि. (इभो), नियोटेरिक नेपाल प्रा. लि., इको इन्फिनिटी प्रा. लि., त्रिवेणी व्यापार कम्पनी प्रा. लि लगायत १६ वटा मर्चेन्टहरूसँग विभिन्न सामग्रीहरू क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूलाई शून्य ब्याजदरमै उपलब्ध गराउने गरी समझदारी गरेको छ ।

जसअनुसार यस बैंकका क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूले शून्य ब्याजदरमै टिभी, फ्रिज, वासिंङ मेसिन, इलेक्ट्रोनिक स्कुटर, ल्यापटप, आइफोन, आइम्याक, आइप्याड लगायतका सामग्रंीहरू खरिद गर्न सक्नुहुनेछ ।

अतुलनीय फाइदाले भरिपूर्ण यस योजनाबाट ग्राहक महानुभावहरूले आफ्नो क्रेडिट कार्डको सिमाभित्र रहने गरी न्यूनतम रू. ३० हजार देखि अधिकतम रू. ५ लाखसम्मका उपभोग्य इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सक्नुहुनेछ । समय अनुरुप ग्राहकमैत्री योजनामार्फत सेवा प्रदान गरिरहेको यस योजनाबाट ग्राहक महानुभावहरूलाई उत्कृष्ट लाभ प्राप्त हुने बैंकले विश्वास लिएको छ ।

यस बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकसँग समझदारी भएका उक्त १६ वटा मर्चेन्टहरूमार्फत आफुलाई चाहिएको उल्लेखित इलेक्ट्रोनिक सामग्री शून्य ब्याजदरमै खरिद गर्न सक्नुहुनेछ । बैंकका ग्राहक महानुभावहरूले न्यूनतम ३ महिनादेखि अधिकतम १२ महिनासम्मको समयावधीमा लागत मूल्य बैंकलाई किस्ताबन्दीमा तिर्नेगरी शून्य प्रतिशत ब्याजदरमा क्रेडिट कार्डमार्फत सामग्री खरिद गरी भरपुर फाइदा उठाउन सक्नुहुन्छ ।

यसका लागि क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकसँग समझदारी भएको मर्चेन्टबाट आफुलाई चाहिने सामग्रीको कोटेसन लिएपश्चात् शून्य प्रतिशत फाइनान्सिङ सम्बन्धी निवेदन बैंकलाई बुझाउनुपर्नेछ ।
उक्त निवेदनको आधारमा बैंकले आवश्यक प्रक्रिया पूरा गरी ग्राहक महानुभावले इच्छाएको सामग्री बिक्री गर्नको निम्ति मर्चेन्टलाई Delivery Order दिनेछ । Delivery Order प्राप्त गरेपछि मर्चेन्टले उक्त क्रेडिट कार्ड प्रयोगकर्तालाई इच्छाएको सामग्री हस्तान्तरण गर्नेछ र त्यसैअनुसार ग्राहक महानुभावहरूले मासिक किस्ता रकम बैंकलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

यसका साथै बैंकको मोबाइल बैंकिङ्ग वा बैंकको कार्ड (डेबिट/क्रेडिट) हरू मार्फत भुक्तानी गर्दा ग्राहक महानुभावहरूले देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

वि.सं.२०७७ साउन २९ बिहीवार १७:०५ मा प्रकाशित

You can share this post!

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...