back
NMB ad

चिनको तिब्बत सरकारबाट प्राप्त स्वास्थ्य सामाग्री ५ वटा अस्पताललाई वितरण गर्ने तयारी

Kumari bank ad

बागमती । चिनको तिब्बत सरकारबाट वाग्मती प्रदेश सरकारलाई प्राप्त स्वास्थ्य उपकरणहरु प्रदेशका विभिन्न अस्पतालहरुलाई वितरण गरिने भएको छ ।

प्राप्त उपकरणहरु प्रदेशका ५ वटा अस्पतालहरुलाई वितरण गरिने योजना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये विभिन्न प्रकारका ७५ थान उपकरणहरु मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पताललाई , ४२ थान भक्तपुर अस्पताललाई, ३५ थान धादिङ अस्पताललाई, ३१ थान नुवाकोटको त्रिशुली अस्पताललाई र २७ थान सिन्धुली अस्पताललाई वितरण गर्न लागिएको जनाइएको छ ।

प्रदेश सरकारले ४ थान प्यासेन्ट मोनिटर भने गण्डकी प्रदेश सरकारलाई वितरण गर्ने जनाइएको छ । १५ थान विभिन्न प्रकारका उपकरणहरु तथा पिपिई , मास्क, डिस्पोजेबल नाईट ट्रायल इक्जाम ग्लोबस्, डिस्पोजेबल गोफेन्ट क्याप , मेडिकल आइसोलेन बुट, सु कभरहरु भने आवश्यकता अनुसार वितरण गर्नेगरी राखिने जनाइएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयको पहलमा तिब्बत सरकारले रु १३ करोड बराबरको स्वास्थ्य सामाग्रीहरु केहीदिन अघि वाग्मती प्रदेशलाई सहयोग गरेको थियो ।

प्रदेश सरकारलाई भेन्टीलेटर १६ थान, कन्सेन्ट्रेटर १५ थान, सिरिन्ज पम्प १० थान, इन्फ्युजन पम्प १० थान, ईलेक्ट्रो कार्डियोग्राफ ३ थान, प्यासेन्ट मोनिटर ६० थान, कलर डप्लर अलट्रासाउण्ड डायग्नोष्टिक सिस्टम १० थान, एनेस्थेटिक लारिङगोस्कोप १० थान, अक्सीजन रिजर्ब भोयर ब्याग ५० थान, ब्लड ग्याँस एनलाईजर १० थान, डेफिग्रीलेटर मोबाईल १० थान, अक्सीमिटर पल्स २० थान, आईसियु बेड ५० थान, पिपिई १ हजार थान, एन ९५ मास्क २ हजार थान, डिस्पोजेबल नाईट ट्रायल इक्जाम ग्लोबस् २ हजार थान, डिस्पोजेबल गोफेन्ट क्याप २ हजार थान, मेडिकल आइसोलेन बुट, सु कभर २ हजार थान सहयोग प्राप्त भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो । –रिपेश दाहाल

वि.सं.२०७७ साउन २९ बिहीवार १८:२१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...