back
NMB ad

अन्ततः भदौ १ गतेदेखि कर्फ्यु नै लगाउने निर्णय !

Kumari bank ad

सुर्खेत । सुर्खेत प्रवेश गर्न अबदेखि कोरोना परीक्षणको पीसीआर रिपोर्ट चाहिने भएको छ। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार सुर्खेतमा संक्रमित बढ्न थालेको भन्दै पीसीआर रिपोर्ट अनिवार्य गरिएको हो ।

रिपोर्ट नेगेटिभ आएको तीन दिनसम्म मात्रै प्रवेश गर्न पाइने छ। पीसीआर रिपोर्ट भए मात्रै सुर्खेतको बबई, कालिमाटी काल्चे र कुइने नाकाहरुबाट प्रवेश दिइने जिल्ला प्रशासन कार्यालय, सुर्खेतले जनाएको छ ।

यसैबीच, सुर्खेतको वीरेन्द्रनगरमा भदौ १ गतेदेखि निधेषाज्ञा लागु हुने भएको छ। भदौ १ गतेदेखि ५ गतेसम्म वीरेन्द्रनगरमा निधेषाज्ञा लागु गरिने प्रशासनले जनाएको छ।

बिहीबार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकको साउन ३२ गतेसम्म दैनिक उपभोग्य वस्तुहरु स्टक राख्न समय दिने र वीरेन्द्रनगरमा कम्तीमा पाँच दिन निधेषाज्ञा लगाउने निर्णय गरेको हो ।

स्वास्थ्य मापदण्ड नअपनाएर पसल सञ्चालन गर्ने, भीडभाड धेरै गर्ने, पर्वहरुमा नाचगान र दर खान जाने प्रवृत्ति बढेकाले निषेधाज्ञा गर्नु परेको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिए ।

यो अवधिमा वीरेन्द्रनगर क्षेत्रका सबै वडामा आवतजावत बन्द र अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्य यातायातका साधनलाई रोक लगाइने छ। तर, स्वास्थ्य, एम्बुलेन्स, दमकल, शववाहन, विद्युत, दूरसञ्चार, खानेपानी लगायतका अत्यावश्यक सवारी सञ्चालन गर्न पाइने छ ।

वीरेन्द्रनगरमा सेवाग्राहीको भीड हुने कार्यालयहरुमा साउन २५ गतेदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् ।लकडाउन खुलेसँगै कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा कोरोना संक्रमणको जोखिम बढेको छ ।

वीरेन्द्रनगरमा बुधबार १८ जना र बिहीबार १७ जना कोरोना संक्रमित थपिएका छन् । ३५ जना संक्रमितमध्ये पाँच जना समुदाय स्तरका, १७ जना विदेशबाट फर्किएका र बाँकी कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

यता वीरेन्द्रनगर नगरपालिकाले भोलि (शुक्रबार)देखि भदौ ५ गतेसम्म सम्पूर्ण सेवाप्रवाह बन्द गरेको छ । नगरमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै भदौ ५ गतेसम्मका लागि नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सबै सेवाहरु बन्द गरिने सूचना अधिकारी उत्तमप्रसाद आचार्यले जानकारी दिए ।नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले निर्णय गर्दै सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।

वि.सं.२०७७ साउन २९ बिहीवार १९:३६ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...