back
NMB ad

अमेरिकाले भन्यो : ‘रुसले बनाएको खोप त बाँदरलाई पनि लगाउँदैनौँ ‘

Kumari bank ad

एजेन्सी । रुसले हालै दर्ता गरेको कोरोनाविरुद्धको खोप अमेरिकालाई दिएर सहयोग गर्ने प्रस्ताव गरेको छ। तर, अमेरिकाले त्यसलाई अस्वीकार गरेको छ ।

अमेरिकाले अपरेसन वार्प स्पिड नाम दिएर कोभिड–१९ विरुद्धको खोप विकास गरिरहेको छ। जसमा अनेकौँ एजेन्सी सहभागी छन् । सो अभियानलाई सघाउने आफूहरुको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको एक रुसी अधिकारीले बताएका छन्।

‘अमेरिकामा रुसप्रति अविश्वास देखिन्छ। तर, हामी हाम्रो प्रविधिमा विश्वास गर्छौँ। त्यही अविश्वासका कारण अमेरिकाले हाम्रो खोप, परीक्षण र उपचारको प्रविधि स्वकार्न सकेन,’ एक रुसी अधिकारीको भनाइ सीएनएनले उधृत गरेको छ।

सीएनएनका अनुसार अमेरिकी अधिकारीहरुले रुसी खोपलाई अधकल्चो भनेका छन्। ‘अमेरिकाले रुसी खोप प्रयोग गर्ने कुनै सम्भावना छैन। मान्छेमा त कुरै छाडौँ, बाँदरलाई पनि हामी लगाउँदैनौँ,’ एक अमेरिकी जनस्वास्थ्य अधिकारीले भनेका छन्।

गत मंगलबार रुसले कोरोनाविरुद्धको विश्वमै पहिलो खोप विकास गरेको घोषणा गरेको थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीले समेत सो खोप लगाएको बताएका थिए।

रुसका प्रतिस्पर्धी मुलुकहरुले सो खोपको प्रभावकारिता र सुरक्षामाथि प्रश्न उठाएका छन् भने अन्य कयौँ मुलुकले खोप किन्ने बताएका छन्।हाल विश्वभर खोप निर्माणका लागि तीव्र प्रतिस्पर्धा चलिरहेको छ। खासगरी चीन, अमेरिका र बेलायत खोप निर्माणको अग्रस्थानमा देखिएका छन्।

वि.सं.२०७७ साउन ३० शुक्रवार १४:४५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...