back
NMB ad

लकडाउन सबै नियमहरु पालना गर्न गृह मन्त्रीको कडा निर्देशन

Kumari bank ad

काठमाडौं । गृह मन्त्री रामबहादुर थापाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालना गर्न सर्वसाधारणलाई अपिल गर्नुभएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन सबै नियमहरु पालना गर्न अपिल गर्नुभएको हो । सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको बताउनुभयो ।

गृह मन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भइ नियमहरु पालना गरेमा सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने बताउनुभएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भए पनि फेरि सङ्क्रमण बढिरहेको छ ।

सरकारले केही कडाइ गरी नियन्त्रणको प्रयास गरिरहेको गृह मन्त्री थापाले बताउनुभयो । फेरि लकडाउन गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पार्नुभयो ।

लकडाउनका कारण आर्थिक समस्या देखिन थालेपछि सरकारले कोरोना र आर्थिक सङ्कटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको बताउनुभयो ।

सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोके पनि अझै पनि लुकीछिपी आउने काम भइराखेको उहाँले बताउनुभयो । अहिले पनि खुला नाका नियन्त्रणका लागि एक हजार दुई सयभन्दा बढी बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको गृह मन्त्री थापाले बताउनुभयो ।

अहिले देशमा बाढी पहिरो र कोरोनाको सङ्कट एकैपटक आएकाले यसको समाधानमा समस्या देखिएको थापाले बताउनुभयो । कोरोनाको लागि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) क्रियाशील रहेको र बाढी पहिरोको लागि विपद् जोखिम न्यूनीकरण व्यवस्थापन समितिले काम गरिराखेको थापाले बताउनुभयो ।

यस वर्ष मनसुन सुरु हुनभन्दा अगाडि नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर पूर्वतयारी गरेको समेत गृह मन्त्री थापाले जनाउनुभयो । विपद्को समस्या गृह मन्त्रालयको मात्रै नभएर अन्य केही सरोकारवालाको पनि समस्या भएकाले ती निकायबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही समस्या आएको थापाले बताउनुभयो ।

बाढी पहिरोका कारण क्षति पुगेको ठाउँमा रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र पालिकामा तयारी गरिएको पनि उहाँले बताउनुभयो । हरेक वर्ष पूर्वतयारी गरिए पनि उद्धारका लागि साधन र सामग्रीहरुको समस्या रहेको उहाँको भनाइ छ ।

गृह मन्त्री थापाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र गृह मन्त्रालय अन्तर्गत रहेको रकमबाट उद्धार र पुनर्स्थापनाका लागि निकासी गरी काम भइराखेको बताउनुभयो ।

वि.सं.२०७७ साउन ३२ आइतवार १५:०० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...