back
NMB ad

चार्टड एकाउन्टेन्ट र माछापुच्छ्रे बैंकबीच सम्झौता, यसरी लिनुहोस बिना धितो १५ लाखसम्म ऋण !

Kumari bank ad

काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) र माछापुच्छ्रे बैंकबीच एक्यानमा आवद्ध सदस्यहहरुलाइ बिशेष बैंकिङ्ग सेवाप्रदान गर्ने सम्बन्धी सम्झौताभएको छ ।

द्विपक्षीय समझदारी पत्रअनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १५९ शाखाबाट बिना धितोमा रु १५ लाख सम्मको प्रोफेश्नल कर्जा (ब्याज दर ९.७५%) प्रदान गरिनेछ ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापना भएको गैर नाफामूलक, गैरराजनैतिकतथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो ।

यसको मुख्य उद्धेश्य देशमा लेखा ब्यवसायको संरक्षण एवम् सम्र्वदन गरी सुब्यवस्थित एवम् सुचारु रुपले लेखा ब्यबसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिकहितको संरक्षण गर्नु हो ।

सम्झौता पत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष आनन्द राजशर्मा वाग्ले माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभयो ।

अहिलेको महामारीबाट उत्पन्न हुने शिथिलताबाट वित्तीय क्षेत्रको उत्थानशीलता कायम गर्न र व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने बास्तबिकतालाइ मनन गर्दै चार्टर्ड एकाउन्टेन्टको सहजता लागि विभिन्न बैंक तथा बित्तिय संस्था संग समेत समझदारीको लागि छलफल भैरहेको संघका उपाध्यक्ष सीए रमेश धितालले जानकारी गराउनुभयो ।

लेखा परीक्षण पेशा हाल अधिकतम प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको र स्रोतको व्यवस्थापन असाध्यै जटिल रहेको सन्दर्भमा यस्ता समझदारीले सदस्यको मनोबल समेत बढाउने संघका अध्यक्ष आनन्द राजशर्मा वाग्लेले बताउनुभयो ।

साथै संघले गरेको सर्वेको प्रतिबेदनअनुसार सदस्यहरुको हितका लागि संघले कार्यहरु गरिरहेको समेत वाग्लेले बताउनुभयो ।

सम्झौतापछि संघका लगभग २४०० सदस्यहरुलाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवाप्रदान गर्नेछ । सम्झौतापछि माछापुच्छ्रे बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथाअन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्नेछ ।

वि.सं.२०७७ भदौ १ सोमवार १५:१८ मा प्रकाशित

You can share this post!

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...