back
NMB ad

बैंकहरु अब हप्ताको तीन दिनमात्रै खुल्ने !

Kumari bank ad

बैतडी । बैतडीमा भदौ ४ लागू हुनेगरि दुई साताका लागि लकडाउन गरिएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले संक्रमण बढ्दै गएपछि दुई साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन अवधिका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । लकडाउनमा नगर क्षेत्रभित्र औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साध मात्रै सञ्चालन गर्न दिने निर्णय भएको छ ।

नगर क्षेत्रभित्रका बैंकहरुलाई आइतबार, मंगलबार र बिहीबार हप्ताको तीन दिनमात्रै खुला राख्ने निर्णय भएको छ । गौरापर्वलाई मध्यनजर गरी दैनिक उपभोग्य सामग्रीका पसल, सिलाई पसल र कपडा पसलहरु बिहान ७ देखि १० बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मात्रै खुला राख्ने निर्णय गरिएको छ ।

यस्तै, धार्मिक स्थलहरुमा नित्य पूजाबाहेक भीडभाड हुने खालका सबै जात्रा,मेला स्थगित गरिएका छन् । चाडपर्वहरू आफ्नै घरभित्रै मनाउन आग्रह गरिएको छ ।

नगर क्षेत्रभित्र सबै प्रकारका भेला, गोष्ठी, तालिम, बैठक र सेमिनारहरूमा रोक लगाइएको नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ। नगरपालिका र ११ वटै वडा कार्यालयहरूले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने सूचनामा उल्लेख छ ।

वि.सं.२०७७ भदौ १ सोमवार १७:४३ मा प्रकाशित

You can share this post!

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...