back
NMB ad

अन्ततः काठमाडौं उपत्यकामा भोलिदेखि कर्फ्यु लागू : के गर्न पाइने, के गर्न नपाइने ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं। काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा हुने भएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

भोलि बुधबार राति १२ बजेदेखि लागू हुनगरी निषेधाज्ञा लागू गर्ने तीनै जिल्लाका सिडिओले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षा जस्ता सेवा सञ्चालनमा रोक नलगाइने उनले बताए। भदौ १० गतेसम्म लागू हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुनेछन्।

सरकारले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकारी प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको छ। सोही आधारमा उपत्यकाका तिनै जिल्लाका सिडिओहरू कोरोना नियन्त्रणका लागि यस्तो निर्णय गरेका हुन्।

आजको निर्णयले निषेध गरेका गतिविधिहरू:

१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन।

२. अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवयास सञ्चालन गर्न।

३. अत्यावस्यक सामग्री लगायताका मालबाह डुवानीका सवारी साधन, स्वास्थ्इकर्मी तथा सुरषा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रयोग गर्न।

४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाह सवारीासाधन सञ्चालन गर्न।

५.कोभिड–१९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने अत्यावश्यक सेवा भनिी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यलयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १० स् ३० र बेलुकी ३ बजेदेखि ५स्३० सम्म अवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न।

६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्नै भनी तोकिएका अत्यावश्यकीय बस्तु तथा सेवा अन्तर्गत पर्नै, औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार भन्सार क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न।

७. कुनै पनि मेला, महोत्सव जात्रा सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न।

८. परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा वाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चलन तथा जमघट गर्न।

९. शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न।

१०. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न।

११. फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चलन हुने विभिन्न व्यावसाय सञ्चालन तथा कवाडी संकलन गर्न।

१२. होटल, रेष्टुरा सञ्चालन गर्न।

तर,

१३. बैंकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विधुतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्युनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी मावश्यक सेवा प्रवाह गर्नुपर्नेछ।

१४. अत्यावश्यक कार्यकालागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्नेछ।

१५. हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ।
साथै,

१६. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्तिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कानूनबमोजिम कारबाही हुनेछ।

१७. यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुनेछ।

वि.सं.२०७७ भदौ २ मंगलवार २१:३५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...