back
NMB ad

भोलिदेखि नै लागू हुनेगरि भदौ १५ गतेसम्म कडा लकडाउन : यी दिन मात्र खुल्ने छन् बैंकहरु

Kumari bank ad

बैतडी । कोरोनाको संक्रमण बढ्दै गएको भन्दै बैतडीमा बिहीबारदेखि लकडाउन गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले संक्रमण बढ्दै गएको भन्दै बिहीबारदेखि भदौ १५ गते लकडाउन गर्ने निर्णय गरेको हो।

लकडाउनको उक्त अवधिका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। जोखिम बढ्दै गएकाले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेको हो।

लकडाउनमा औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै नगर क्षेत्रभित्र सञ्चालन गर्न दिने निर्णय भएको छ। यस्तै नगर क्षेत्रभित्रका बैंकहरुलाई आइतबार, मंगलबार र बिहीबार हप्ताको तीन दिन मात्रै खुल्ला राख्ने निर्णय भएको छ ।

यसैगरी गौरा पर्वलाई मध्यनजर गरी दैनिक उपभोग्य सामग्रीका पसल, सिलाई पसल र कपडा पसलहरुल बिहान ७ देखि १० बजे सम्म र साँझ ४ बजेदेखि ६ बजे सम्म मात्रै खुला राख्ने निर्णय गरिएको छ।

यस्तै धार्मिक स्थलहरुमा नित्य पूजा बाहेक भीडभाड हुने खालका सबै जात्रा,मेला स्थगित गरिएका छन् भने चाडपर्वहरू आफ्नै घरभित्रै मनाउन आग्रह गरिएको छ ।

नगर क्षेत्रभित्र सबै प्रकारका भेला, गोष्ठी, तालिम, बैठक र सेमिनारहरुमा रोक लगाइएको नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।

वि.सं.२०७७ भदौ ३ बुधवार १८:३७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...