back
NMB ad

कोरोना कहर : कर्मचारीलाई आलोपालो, ‘सिफ्ट सिस्टम’ प्रभावकारी नभएपछि नयाँ अभ्यास

Kumari bank ad

काठमाडौं । देशभर कोरोना संक्रमण फैलिन थालेपछि सरकारले ‘वर्क फ्रम होम’ अवधारणा ल्याई एक तिहाइ कर्मचारीलाई मात्रै कार्यालय बोलाउने भएको छ। अन्य कर्मचारीलाई घरबाटै काम लगाउन ‘वर्क फ्रम होम’ अवधारणा ल्याइएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले न्यून कर्मचारीको उपस्थितिमा काम चलाउने प्रयास भइरहेको बताए। ‘५० प्रतिशतबाट काम चलाउने निर्णय त भइसकेको छ, कर्मचारीका कारण कोरोना नफैलियोस् भनेर एक तिहाइले काम चलाउने प्रयास गरिरहेका छौं’, उनले भने। अहिले कार्यालयको प्रगतिको समीक्षा, रिपोर्टिङ, नयाँ कार्यक्रम, योजना बनाउने समय हो।

प्रदेश र स्थानीय तहको वर्षभरिको कामको रिपोर्टिङ पनि यही बेला हुन्छ। कर्मचारीका लागि अहिलेको समय महत्वपूर्ण भएकाले केही दिन चाप हुन सक्ने पौडेलले बताए। उनका अनुसार तीन अधिकृत भएका शाखाका एक जनालाई कार्यालय बोलाउने र अन्य दुईलाई घरैबाट काम चलाउने अभ्यास सुरु भइसकेको छ। अधिकृत १५/१५ दिनमा कार्यालय आउनुपर्ने र सोभन्दा माथिका कर्मचारी भने कार्यालय नै आउनुपर्ने निर्णय भएको पौडेलले जानकारी दिए।

लकडाउनपछि लागू भएको ‘सिफ्ट सिस्टम’ प्रभावकारी नभएपछि सरकारले यो अवधारण ल्याएको हो। यसअघि बिहान ८ देखि दिउँसो १ बजे र १ देखि साँझ ६ बजेसम्मको सिफ्ट थियो।

कोरोना संक्रमित दुई सयभन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघसंस्थाको सेवा विद्युतीय माध्यमबाट प्रवाह गर्ने व्यवस्था मिलाउन सरकारले निर्देशन दिएको छ। ‘वर्क फ्रम होम’को कार्य सम्पादन सम्बन्धित कार्यालय प्रमुखले मिलाउने छन्।

कोरोना संक्रमणका बेला आलोपालो प्रणाली अवलम्बन गरिएको बताउँदै प्रवक्ता पौडेलले भने, ‘घरमा रहे पनि कर्मचारीले सक्नेजति काम गर्नुपर्छ।’ कार्यान्वयन मोडालिटी भने अझै तयार नभएको उनले बताए। भीडभाड हुने मालपोत, नापी, यातायातलगायत बढी जनसम्पर्क हुने कार्यालयको सेवा प्रवाह भने स्थगित गरिएको छ। भदौ १५ सम्मका लागि नापी र मालपोतको सेवा बन्द गरिएको हो।

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकाका मालपोत कार्यालयले भदौ १५ सम्म सेवा बन्द गरेका हुन्। मन्त्रीस्तरीय निर्णयबाट बुधबारदेखि नापी र मालपोतका सेवा बन्द गर्दै उपत्यकाका अधिकांश सरकारी कार्यालयको सेवा कटौती गरिएको छ। तर, उपत्यकाबाहिर भने प्रदेश सरकार/स्थानीय प्रशासनको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरेर सेवा प्रवाह गराउन निर्देशन दिइएको छ।

आलोपालो प्रणालीमा कार्यालयबाट जारी परिचयपत्रका आधारमा कर्मचारी कार्यालय जान आउन पाउने व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। अन्नपूर्ण पोष्टबाट

वि.सं.२०७७ भदौ ४ बिहीवार ०८:२७ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...