back
NMB ad

सुरक्षित भएर तीज पर्व मनाउन प्रमुख खुलालको आग्रह

Kumari bank ad

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित भएर तीज पर्व मनाउन आग्रह गर्नुभएको छ ।

विशेषगरी नेपाली नारीहरुले मनाउने हरितालि तीजका अवसरमा आज एक सन्देश मार्फत उहाँले विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित रहन सजग गराउनुभएको छ ।

प्रमुख खुलालले कोरोना कहरकै बीचमा आएका यस्ता चाडपर्वमा हामी निकै संयमित हुनुपर्ने भन्दै विषम परिस्थितिमा एकातिर हाम्रो कला संस्कृतिलाई जोगाउनु पर्ने र अर्कोतिर विश्वभर महामारीको रूपमा फैलिएको सङ्क्रमणबाट बच्नु जरुरी रहेको भन्दै हाम्रा चाडपर्वलाई पनि नयाँ ढङ्गले निरन्तरता दिनुपर्ने बताउनुभयो ।

हिन्दु महिलाका लागि तीजको धार्मिक, पारिवारिक र सामाजिक महत्व उत्तिकै रहेको साथै परम्परा र संस्कृतिको जगेर्ना गर्न स्वास्थ्य सुरक्षा अपनाएर चाडपर्वहरु मनाउन उहाँले आग्रह गर्नुभयो ।

प्रमुख खुलालले आआफ्नै घरमा बसेर आफूले जानेबुझेको तरिकाले पूजाआजा गर्नु बढी बुद्धिमानी हुने बताउनुभयो । उहाँले हाम्रा चाडपर्व, उत्सव सबै आउने वर्ष मनाउँला भन्दै यसपाली आ–आफ्नै घरमा बसि सामाजिक संजालको भरपुर उपयोग गर्दै तीज पर्व मनाउन, मन्दिर तथा खोला नदिमा नजान, दुरी कायम गर्न, भिडभाड नगर्न समेत सम्पूर्ण मकवानपुर लगायत देश विदेशमा रहनुभएका नेपाली दिदीबहिनीहरुलाई आग्रह गर्नुभएको छ ।

वि.सं.२०७७ भदौ ४ बिहीवार १९:१० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...