back
NMB ad

तोकियो पसल तथा व्यवसाय खोल्ने समय, यस्ता छन् अन्य निर्णयहरु !

Kumari bank ad

काभ्रे । जिल्ला संकट व्यवस्थापन केन्द्रले बिहीबारबाट जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । दैनिक संक्रमण बढ्दै गएपछि सार्वजनिक यातायात रोक्ने निर्णय भएको केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।

बैठकले बनेपा, पनौती, धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकाको बजार क्षेत्रमा भीडभाड र हिँडडुल बढी भएको भन्दै अत्यावश्यक बाहेकका व्यापार व्यवसाय बिहान ७ देखि ९ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिहीबारसम्म जिल्लाका विभिन्न स्थानीय तहमा संक्रमितको संख्या १ सय ३ पुगेको छ भने २ जनाको मृत्यु भइसकेको छ । यस्तै कोरोना संक्रमण पुष्टि भएका एक कानुन व्यवसायीको सम्पर्कमा आफ्ना कर्मचारी पुगेको भन्दै जिल्ला अदालत काभ्रेले अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ ।

अदालतका सेवाग्राही, कानुन व्यवसायी तथा कर्मचारी समेतको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि अर्को सूचना जारी नहुनञ्जेलका लागि सेवा स्थगन गरिएको स्रेस्तेदार गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

यसबीचमा सर्वोच्च वा उच्च अदालतको कुनै आदेश वा निर्देशन भए सोहीबमोजिम गर्ने स्रेस्तेदार घिमिरेले बताए । उनका अनुसार, बन्दीप्रत्यक्षीकरणका निवेदन दर्ता तथा सुनुवाइ गर्ने, पक्राउ पुर्जी, कल डिटेल अनुमति र जरुरी पक्राउ पुर्जीको समर्थनसम्बन्धी, अभियुक्तलाई हिरासतमा राख्न अनुमति दिने, अभियोगपत्र दर्ता, अभियुक्तको बयान लिने र थुनछेक आदेश गर्ने कार्य भने निरन्तर हुनेछ ।

कोरोना संक्रमणका कारण मृत्यु भएका धुलिखेलका ९८ वर्षीय वृद्धको सम्पर्कमा आएपछि पीसीआर परीक्षण गरिएका धुलिखेलका ती कानुन व्यवसायीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । -कान्तिपुर अनलाइनबाट

वि.सं.२०७७ भदौ ४ बिहीवार २०:१६ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

वि.सं.२०८१ जेठ १४ सोमवार २१:३३

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारत बीचको...

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:२५

हेमन्त जोशी  काठमाडौँ, १४ जेठ : मुलुकमा गणतन्त्र स्थापना पछिको...

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:१६

बर्दिया, १४ जेठ : बर्दियामा अत्यधिक गर्मीका यहाँका तीन पालिकाले...

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:११

जनकपुरधाम, १४ जेठ : जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा...

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...