back
NMB ad

निषेधाज्ञा हटाउने निर्णय, पसल तथा व्यवासय संचालनका लागि बन्यो नयाँ मापदण्ड !

Kumari bank ad

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी गरेको निशेधाज्ञा आज राति १२ बजे देखि हटाउने निर्णय गरेको छ । बर्दिया जिल्लामा शुक्रबार राती १२ बजे सम्मका लागि जारी गरेको निशेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सुचना अधिकारी नारायण प्रसाद ढकालले जानकारी दिनुभयो ।

निशेधाज्ञाको समय सकिए पनि प्रशासनले भदौ ६ गते देखि लागू हुने गरी बिहान ९ बजे देखि साझ ५ बजे सम्म ब्यापार ब्यवसाय सञ्चान हुने, राति ९ बजे देखि बिहान ५ बजे सम्म सवारी सञ्चालनमा रोक लगाउने, बाहिरी जिल्लाबाट बर्दिया भित्रदा जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य हुनु पर्ने र जिल्लाभर नै ६ गते शनिबार देखि नै लागू हुने गरि महिनाको मितिको आधारमा जोर बिजोर प्रणालि लागू गरिने निर्णय भएको समेत सुचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्ला भित्र समुदाय स्तरमा कोरोना संक्रमण देखा परेपछि प्रशासनले जिल्ला भर लागू हुने गरी १४ दिनसम्म निशेधाज्ञा जारी गरेको थियो । व्यापार व्यवसाय खुला भएपनि स्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न पाइने भयको छ ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १८:१६ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...