back
NMB ad

उत्तर कोरिया : यसकारण विस्तारै हस्तान्तरण गर्दैछन् किमले बहिनीलाई थप शक्ति !

Kumari bank ad

एजेन्सी । उत्तरकोरियाली सर्वोच्च नेता किम जोङ उनले बहिनी किम यो जोङलाई थप शक्तिशाली बनाएका छन् । नेता किमले बहिनी जोङलाई पछिल्ला दिन थप अधिकार दिएको जनाइएको छ ।

दक्षिण कोरियाको गुप्तचर संस्थालाई उदृत गर्दै बीबीसीले जनाएअनुसार नेता किमले थप अधिकार दिएसँगै अब किम योले राष्ट्रका सबै मामिलाहरु हेर्न सक्ने बाटो खुलेको छ ।

यद्यपि, दक्षिण कोरियाली गुप्तचर संस्थाले बाहिर ल्याएका रिपोर्टहरु गलत हुने गरेका टिप्पणीहरु पनि भैरहेका छन् । गुप्तचर संस्थाको यो दाबीपछि बिहीबार दक्षिण कोरियाको राष्ट्रियसभामा यस विषयमा छलफल समेत भएको थियो ।

उक्त छलफलपछि विधानसभा सदस्यहरुले पत्रकारहरुसँग छलफल गरेका थिए । गुप्तचर एजेन्सीको रिपोर्टमा भनिएको छ– ‘किम जोङ उनसँग अझै पूर्ण शक्ति छ, तर विस्तारै केही शक्ति हस्तान्तरण पनि गर्र्दैछन् ।’ किमकी बहिनी किम यो अहिले त्यहाँको दोश्रो शक्तिशाली नेता हुन् ।

जसलाई संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका लागि नीतिसहित अन्य नीति सम्बन्धी मामिला हेर्नका लागि नियुक्त गरिएको छ । तर अहिले नै उनलाई किम जोङ उनको उत्तराधिकारीका रुपमा भने छानिएको छैन ।

गुप्तचर एजेन्सीका अनुसार किम जोङ उनले आफ्नो शासनकालमा आउने दबाब कम गर्नका लागि यो कदम चालेका हुन् । साथै उनी नीतिगत रुपमा आफुलाई असफल भएको हेर्न पनि चाहाँदैनन् । सन् १९८७ मा जन्मिएकी यो जोङ किम जोङ उनभन्दा ४ वर्ष कान्छी हुन् । दुबैजनाले स्वीट्जरलइान्डको बर्नमा अध्ययन गरेका थिए ।

वि.सं.२०७७ भदौ ६ शनिवार १२:३९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...