back
NMB ad

क्लासिक टेकले सुरू गर्‍यो ‘आइपीभी सिक्स’को प्रयोग

Kumari bank ad

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आइपिभी सिक्सको प्रयोग सुरू गरेको छ । आफ्ना ८० प्रतिशतभन्दा धेरै इन्टरनेट ट्राफिकलाई आइपिभी ६ मा आधारित रहेका डिभाइसहरूमार्फत् उपलब्ध गराएको कम्पनीले जनाएको छ।

इन्टरनेट सेवालाई भरपर्दो, सुरक्षित र फास्ट बनाउने गरी सबै सेवाग्राहीहरूलाई आइपिभी सिक्समा लानेगरी काम गरिरहेको कम्पनीले जनाएको छ।

अहिलेको अवस्थामा लगभग सबै इलेक्ट्रोनिक उपकरणहरू इन्टरनेटमा जडान गर्न सकिन्छ र तिनीहरूले आइपी एड्रेस प्रयोग गरिरहेका छन्, जुन आइपिभी ४ इन्टरनेट प्रोटोकल संस्करण ठेगाना हो, जसले ३२ बिट इन्टरनेट ठेगाना प्रयोग गर्दछ।

यसले २६३२ आइपी ठेगानाहरूका लागि कूल ४.२ अर्ब आइपी एड्रेस भएका डिभाइसहरू मात्र समर्थन प्रदान गर्दछ। यो धेरै जस्तो देखिन्छ, तर सबै ४.२ अर्ब आइपी ठेगानाहरू तोकिइसकेका छन् अझ बुझ्ने भाषामा भन्दा सबै आइपिभी ४ ठेगाना सकिइसकेका छन्।

अबको डिभाइसहरू आइपिभी ६ मा आधारित

हरेक ग्राहकलाई फाइदाको लागि इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आइपिभी ६ प्रयोग गरिरहेको छ। ‘हामीले हाम्रो कूल ग्राहकहरूको ८० प्रतिशत ग्राहकहरूको लागि आइपिभी ६ प्रयोग गरिसकेका छौं र बाँकी प्रक्रियामा छन्।

ग्राहक संख्याको प्रतिशतको आधारमा हेर्दा अन्य इन्टरनेट सेवा प्रदायकहरूको तुलनामा हामी सबभन्दा धेरै आइपिभी ६ प्रयोग गर्ने कम्पनीमा अगाडि हौं। नयाँ प्रविधिको सपोर्टको रूपमा आएको आइपिभी ६ ले सेवाग्राहीहरूलाई पनि उत्तिकै सहजता हुनेछ,’ कम्पनीले भनेको छ।

वि.सं.२०७७ भदौ ६ शनिवार १८:११ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...