back
NMB ad

फेरि थप एक साता निषेधाज्ञा लम्ब्याउने प्रशासनको निर्णय

Kumari bank ad

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले कोरोना संक्रमण जोखिम रोकथामका लागि आइतबारबाट थप एक साता निषेधाज्ञाको समय बढाएको छ । साउन २४ गतेदेखि जारी निषेधाको समय आइतबार सकिन्थ्यो । प्रशासनले भदौ १४ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

यसअघि प्रशासनले निषेधाज्ञा भदौ ७ गतेसम्मका लागि जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निषेधाज्ञा एक साताका लागि थप गरिएको बताए ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको प्रजिअ यादवले जानकारी दिए । ‘अझै केही समय मानिसको भीडभाड र हिँडडुल रोक्नु पर्छ,’ उनले भने, ‘संक्रमितको संख्या बढीरहेको अवस्थामा निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने अवस्था छ ।’

निषेधाज्ञाको अवधिमा अत्यावश्यक उपभोग्य खाद्यान्न सामग्रीको आपूर्तिलाई सहज बनाउन खाद्यान्न र निर्माण सामग्रीका पसल बिहान ७ बजेदेखि ११ बजेसम्म स्वास्थ्य सुरक्षा अपनाएर खोल्न दिने निर्णय भएको जिल्ला प्रशासनले जनायो ।

पसलहरु खोल्दा उपभोक्ता र सञ्चालकले कोरोना सुरक्षा विधिहरु कडाइका साथ पालना गरिनुपर्ने निर्णय भएको प्रशासकिय अधिकृत किरणनिधि तिवारीले बताए । निषेधाज्ञाको अवधिमा जिल्लाभरि बैंक तथा वित्तिय संस्थालाई पनि बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएको छ ।

जिल्लामा अहिलेसम्म १ हजार ५ सय १५ जनामा कोरोना पुष्टि भइसकेको छ । तीमध्ये १ हजार ३ सय ६४ जना कोरोना जितेर घर फर्किसकेका छन् । अहिले १ सय १० जना संक्रमित आइसोलेसनमा उपचारको क्रममा रहेको प्रशासनले जनायो । भारतलगायत बाहिरी देशबाट फर्केका १ सय ११ जना क्वारेन्टाइनमा बसेका छन् ।कान्तिपुर अनलाइनबाट

वि.सं.२०७७ भदौ ७ आइतवार ११:०१ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...