back
NMB ad

प्रशासनले बनायो नयाँ नियम : बैंक दैनिक २ घण्टा मात्र खुल्ने, सबै पसल व्यवसाय बन्द गर्ने निर्णय

Kumari bank ad

कपिलवस्तु । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लामा १ हप्ताका लागि निषेधाज्ञा थप गर्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ । आइतबार तौलिहवास्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलको अध्यक्षतामा बसेको जिल्ला कोरोना विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरिएको हो ।

दैनिकजसो कोरोना संक्रमितको संख्या बढिरहेककाले कारण बाध्यभइ निषेधाज्ञा थप गर्नु परेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार भाद्र १५ गते राती १२ बजे सम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायणपौडेलले बताए ।

जिल्लामा कोरोना संक्रमणकै कारण २ जनाको मृत्यु भइसकेको र दैनिकजसो संक्रमितको संख्या बढ्दो क्रममा रहेका कारण संक्रमण फैलन नदिन बाध्यभइ निषेधाज्ञा जारी गर्नु परेको प्रजिअपौडेलले बताए । निषेधाज्ञा जारी अवधिभर अतिआवश्यक सेवाका पसल तथा सवारी साधनबाहेक सबै बन्द हुने जनाइएको छ । मेडिकल, पानी, दूधजस्ता वस्तु बाहेक सबै पसल व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ ।

उद्योग तथा कलकारखाना भने स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार सुरक्षाको सर्तकता अपनाएर संचालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसै गरी बैंक तथा वित्तिय संस्था पनि स्वास्थ्य निर्देशिकाअनुसार सुरक्षा सतर्कता अपनाएर न्यून कर्मचारीबाट दैनिक बिहान ८ बजे देखि १० बजेसम्म संचालन गर्न जिल्ला प्रशासन कार्यायलले निर्देशन गरेको छ ।

दमकल, एम्बुलेन्स,शव बाहन,दूध, खानेपानीका गाडीबाहेक अन्य सबै निजी तथा भाडाका सवारी साधान संचालनमा पूर्ण रोक लगाइएको छ । राजमार्ग भएर गुड्ने गाडिहरु जिल्लामा नरोकिने गरी भने चल्न पाउने छन् ।

तरकारी र खाद्यान्न खरिदका लागि हरेक दिन बिहान ८ बजे देखि १० बजे सम्मको समय तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वि.सं.२०७७ भदौ ७ आइतवार १७:४४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...