back
NMB ad

ओरालो लाग्याे सुनकाे भाउ, एक हप्तायताकै न्यून विन्दुमा

Kumari bank ad

अमेरिका । अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ घटेर एक हप्तायताकै न्यून विन्दुमा आएको छ । सुनसँग विपरित सह–सम्बन्ध रहेको अमेरिकी डलरको भाउमा आएको उच्च सुधार र अमेरिकी व्यवसायिक गतिविधिमा भएको वृद्धिले सुनप्रतिको आकर्षण घटाएसँगै भाउ दबाबमा आएको हो ।

शुक्रवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ १ प्रतिशतभन्दा धेरैले घटेर न्यूनतम् प्रतिऔंस १ हजार ९१० डलर ९९ सेन्टमा आएको थियो ।

यो एक हप्तायताकै न्यून हो । कारोबार बन्द हुँदा भने स्पटको भाउ शून्य दशमलव ३८ प्रतिशतले घटी प्रतिऔंस १ हजार ९४० डलर ९० सेन्टमा आएर बन्द भएको थियो । हप्ताभरिको कारोबारमा भने सुनको भाउ शून्य दशमलव ३ प्रतिशतले घटेको छ ।

हप्ताको शुरुमा भाउ प्रतिऔंस २ हजार डलरभन्दा माथि थियो । स्टिमुलस प्याकेज सम्झौतामा भएको ढिलाई, अमेरिकी डलर रियल इस्टेटमा आएको सुधारका कारण हप्ताभर नै सुनको भाउमा निकै उतारचढाव आएको स्ट्यान्डर्ड चार्टर्डका विश्लेषक सुकी कुपरले भने । शुक्रवार मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलरको भाउ शून्य दशमलव ६ प्रतिशतले बढ्दा अन्य मुद्रा बाहकका लागि सुन महँगो बन्यो ।

अमेरिकाको व्यवसायिक गतिविधि यो महीना सन् २०१९ को शुरुयताकै उच्च विन्दुमा पुगेको तथ्यांक सार्वजनिक भएपछि अमेरिकी शेयर बजार पनि वृद्धि भयो भने अमेरिकी ट्रेजरीको प्रतिफल पनि बढ्यो ।

‘केही पक्षहरुमा आर्थिक तथ्यांक अपेक्षा गरिएभन्दा राम्रो भएको हामीहरुले देखिरहेका छौं, यद्यपि, महामारी विशेषगरी रोजगारीको अवस्थाको सम्बन्धमा स्पष्ट रुपमा अझै पनि चिन्ताहरु छन्,’ हाइ रिज फ्यूचर्समा धातु ट्रेडिङ निर्देशक डेभिड मेगरले भने । एजेन्सी

वि.सं.२०७७ भदौ ८ सोमवार ०९:५२ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...