काठमाडौं । कर्मचारीको तलव तथा मजदुरहरुको ज्यालादर सूचकाङ्क बढेको छ । ०७७ असारमा वार्षिक बिन्दुगत राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क ७.४८ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
०७६ असारमा उक्त सूचकाङ्क ९.१० प्रतिशतले वृद्धि भएको थियो । तलब सूचकाङ्कको वृद्धिदर १३.५५ र ज्यालादर सूचकाङ्कको वृद्धिदर ५.८५ प्रतिशत रहेको छ ।
वि.सं.२०७७ भदौ ९ मंगलवार १३:३० मा प्रकाशित