back
NMB ad

शिक्षकलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउँदै सरकार

Kumari bank ad

काठमाडौं । सरकारले विद्यालय पढाउने शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने तयारी गरेको छ । कोभिड-१९ को संक्रमणको त्रासले चैत महिनायता देशभरका विद्यालय बन्द छन्।

स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने अनुमति मागेको हो । ‘शिक्षकहरू अहिले त्यतिकै बसिराख्नु भएको छ’, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले भने,‘हामीले शिक्षकहरूलाई खटाउने विषयमा शिक्षा मन्त्रालयलाई पत्र लेखेका छौं।’

सरकारले निषेधाज्ञाबीच कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गराउने तयारी गरिरहेको छ । काठमाडौंमा एक साताभित्र ४० देखि ५० हजार जनाको कन्ट्याक्ट ट्रेसिङबाट पिसिआर परीक्षण गर्ने तयारी भैरहेको पोखरेलले बताए।

हाल देशभर १ हजार ७५ कन्ट्याक्ट ट्रेसिङ गर्ने टोलीले काम गरिरहेको छ। तर कतिपय संक्रमित संख्या धेरै भएका ठाउँमा कन्ट्याक्ट ट्रेसिङ चुनौतीपूर्ण बनेको छ। मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहलाई दुई तीन वटासम्म कन्ट्याक्ट ट्रेसिङ गर्ने टोली बनाउन समेत सुझाएको छ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १६:०४ मा प्रकाशित

You can share this post!

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...