काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । बुधबार तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७७ भदौ ११ बिहीवार ११:३३ मा प्रकाशित