back
NMB ad

स्वास्थ्य मन्त्री ढकालद्वारा महामारी रोकथाममा स्काउट र हिसानको सहयोगबारे छलफल

Kumari bank ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणमा नेपाल स्काउट र उच्च माध्यामिक विद्यालय संघ (हिसान)का तर्फबाट हुन सक्ने सहयोगका विषयमा बिहीबार मन्त्रालयमा छलफल गर्नुभएको छ ।

मन्त्री ढकाललले नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारी र संघका अध्यक्ष रमेश सिलवालसँग कोरोना रोकथाम र नियन्त्रणमा खेल्ने सक्ने भूमिकाका बारेमा छलफल गर्नुभएको हो ।

महामारीमा सबैको समन्वयमा काम गरेमात्र प्रभावकारी परिणाम निस्कने भन्दै मन्त्री ढकालले आवश्यक सहयोगका लागि तयार रहन अनुरोध गर्नुभयो । छलफलमा महामारीको यस समयमा कलेजका भवन, होस्टल, बसलगायतका स्रोतको सदुपयोग सरकारले गर्ने बारेमा सकारात्मक कुराकानी भएको छ ।

छलफलमा हिसानका अध्यक्ष रमेश सिलवाल र स्काउटका अध्यक्ष भण्डारी दुबैले कोरोना महामारीको यो समयमा सरकारले लिने कुनै पनि कदममा साथ दिन तयार रहेको जानकारी दिनुभयो । उहाँहरूले मन्त्रालयले गर्ने प्रस्तावमा मिलेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

वि.सं.२०७७ भदौ ११ बिहीवार १९:०८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...