back
NMB ad

सोह्र श्राद्ध पनि ‘भर्चुअल’

Kumari bank ad

ललितपुर । पण्डित माधवप्रसाद शर्मालाई संक्रमणबीच ‘संस्कार जोगाउने’ पिरलोले सताउन थाल्दै छ । नजिकि“दो ‘सोह्रश्राद्ध’ले त झन् नपिरोल्ने कुरै भएन । सोह्र श्राद्ध आगामी १७ भदौदेखि सुरु हुँदै छ ।

‘संक्रमणबाट जोगिनु पनि प¥यो, संस्कार पनि धान्नैप¥यो,’ पण्डित शर्माले सुनाए, ‘घरघर जाँदा संक्रमण सर्ने र फैलने उत्तिकै खतरा छ, यसो भएपछि श्राद्धमा पनि भर्चुअलको सहायता लिनुपर्ने अवस्था छ ।’ जजमान र पुरोहित आ–आफ्नै घरमा बसेर भर्चुअल श्राद्ध गर्न सकिने उनको धारणा छ ।

‘भर्चुअल श्राद्ध’मा ब्राह्मणबाट संकल्प, मन्त्रोचारण हुन्छ अर्कोतिर जजमान कुशलाई ‘ब्राह्मण’ थपना गरी टीका लगाइदिन्छन् । सोह्र श्राद्ध आउन एक साता मात्र बाँकी छ । पितृ स्मरण गर्दै जल र अन्नसहित श्राद्ध गरिन्छ ।

कोरोनाका कारण पहिलेजस्तो नातागोता भेला गरेर श्राद्ध गर्ने स्थिति छैन । श्राद्ध रोक्ने कुरा पनि भएन । यसअघि, ब्राह्मण जजमानका घर पुग्थे । एकातर्फ पितृ स्मरणसहित संस्कृति धान्न श्राद्ध गर्नैपर्ने बाध्यता र अर्कोतर्फ स्वास्थ्यको ख्याल राख्नुपर्ने चुनौती आइपरेको छ ।

विज्ञका अनुसार संक्रमण फैलाउन ‘एकै व्यक्ति पनि काफी’ हुन्छन् । सोह्र श्राद्ध प्रतिपदादेखि औँसीसम्म एकै ब्राह्मणले धेरै घरमा गई श्राद्ध गराइदिन्छन् ।

नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा. रामचन्द्र गौतम संक्रमणकालीन अवस्थामा ‘सकेसम्म एक जना ब्राह्मण मात्र बोलाएर श्राद्ध गर्न आग्रह गर्छन् । यो समाचार आजको राजधानी दैनिकमा नवीन लुइँटेलले लेखेका छन् ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार ०७:४८ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...