back
NMB ad

व्यवसाय नवीकरण शुल्कमा २५ प्रतिशत छुट दिने निर्णय

Kumari bank ad

धनकुटा । साँगुरीगढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)को मारमा परेका होटल व्यवसायीलाई नवीकरण शुल्कमा छुट दिएको छ।

कोभिड–१९ को महामारीबाट व्यवसायीलाई परेको असर न्यूनीकरणका लागि नवीकरणमा २५ प्रतिशत छुट दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष कुमारजंग याक्खाले जानकारी दिए।

निजी क्षेत्रका व्यवसायीलाई राहत हुने गरी सानाठूला व्यवसायी सबैलाई कर छुट गरिएको याक्खा भनाइ छ। कोरोना महामारीको सबैभन्दा असर पर्यटन तथा होटल व्यवसायलाई परेको छ ।

यसलाई मध्यनजर गर्दै गाउँपालिकाले नवीकरण शुल्कमा छुट दिएपछि केही राहत मिलेको होटल एसोसियशनका भेंडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।

साँगुरीगढी गाउँपालिकाको भेडेटारमा मात्रै साना ठूला गरी १५० वटा होटल रहेका छन्। यस्तै, नमस्ते झरना, नाम्जे लगायतका क्षेत्रमा करिब १०० होटल रहेका छन् ।

प्रदेश १ सरकारले साँगुरीगढी गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेपछि यो क्षेत्रमा होटल व्यवसायमा आकर्षण बढेको थियो।

वि.सं.२०७७ भदौ १२ शुक्रवार ०८:१४ मा प्रकाशित

You can share this post!

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार ०७:०१

म्याग्दी, ९ जेठ: मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र...

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ९ बुधवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...