back
NMB ad

अन्ततः भोलिदेखि खुल्ने भयो बजार, सवारी भने नचाउने निर्णय

Kumari bank ad

दमौली । व्यास नगरपालिकाले बजार खुलाउने तर साना सवारी नचलाउने निर्णय गरेको छ। नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघिको निषेधाज्ञाको म्याद शुक्रबार सकिएपछि अब थप गर्ने कि नगर्ने भन्ने विषयमा बैठकमा छलफल भएको थियो । ’छलफलमा सहभागी धेरै व्यापारीले बजार खुलाउन माग गरेपछि जोखिम कम गर्दै खुलाउने सहमति भएको छ, ’छलफलमा सहभागी तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले भने ।

बैठकमा एक साताका लागि बजार बिहान ८ देखि साँझ ६ बजेसम्म खुलाउने निर्णय भएको छ । आसपासका क्षेत्र र बजारभित्रै पनि संक्रमित भेटिने क्रम नघटेकाले अब बजार खुलाउँदा विशेष सावधानी अपनाउने निर्णय गरिएको उनले बताए । ’बजारमा ग्राहकलाई अनिवार्य मास्क लगाएर आए मात्र सामान बिक्री गर्ने अनि आफूले पनि मास्क र स्यानिटाइजरको व्यवस्था गर्ने सहमति भएको छ,’ उनले भने ।

व्यासमा हालसम्म ४१ जनामा संक्रमण देखिएको छ । व्यासमा बस्ने भानु र म्याग्देका अरु दुईजनामा पनि संक्रमण देखिएको थियो । छिमेकका तहबाट संक्रमित बढी आउन थालेकाले बजारको केही तप्काबाट अझ बजार बन्द गराउनुपर्ने माग आए पनि सटर भाडामा बस्ने अधिकांशले भने यसमा बिमति जनाएका थिए ।-अन्नपूर्ण पोष्ट अनलाइनबाट

वि.सं.२०७७ भदौ १२ शुक्रवार १५:१० मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...