back
NMB ad

व्यापारीले खरिद–बिक्री बिल जारी नगर्दा तरकारीको मूल्यमा भएन एकरुपता

Kumari bank ad

काठमाडौं । व्यापारीले खरिद–बिक्री बिल जारी नगर्दा तरकारीको मूल्यमा एकरुपता नभएको उपभोक्ता अभिकारकर्मीले बताएका छन् ।

काठमाडौँ महानगरपालिका उपभोक्ता हित संरक्षण समितिले आज बिहान बल्खु तरकारी बजारको अनुगमनपछि खुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली विकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष निकालेको छ ।

ठूला व्यापारीले खरिद र बिक्री बिल जारी नगर्दा मूल्य निर्धारणमा मनपरी भएको भन्दै यस विषयमा कडाइ गर्ने कामपाको भनाइ छ । कामपा कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार अहिलेको मुख्य समस्या भनेको तरकारीको मूल्य निर्धारण हो, उत्पादन र ढुवानीका कारण देखाएर पछिल्लो समय तरकारीको मूल्य बढेपछि अनुगमन थालेको छ ।

उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, “बल्खु र बालाजु करीब छ किलोमिटरको दूरीमा एकै प्रकारको वस्तुमा एकै दिन किलोको ५५ रुपैयाँ फरक पाइयो, यसलाई कडाइका साथ नियमन नगर्ने हो भने उपभोक्तामा हुने ठगी रोक्न चुलिँदै जान्छ ।” बल्खु तरकारी बजारमा ४२४ थोक तथा खुद्रा गरी पसल छन् ।

बजार व्यवस्थापनका कारण मूल्य नबढोस् भनेर पसल खरिद–बिक्री गर्न नपाउनेलगायतका नियम बनाइएको बजारका निर्देशक मोहन बस्नेतले अनुगमनका क्रममा बताए ।

यस बजारमा तरकारीका अतिरिक्त खाद्यवस्तु, दुग्ध पदार्थ, बीउबिजन तथा औषधि पनि बिक्री वितरण हुन्छ । बजारमा रहेको मासु पसलको पनि निरीक्षण गरिएको थियो । अनुगमनमा पशु सेवा विभागबाट पशु सेवा अधिकृत डम्बरबहादुर बम पनि थिए ।

महामारी नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड पालना गर्न गराउन, तरकारीको थोक तथा खुद्रा मूल्य सूची राख्न, बजारबाट बिक्री हुने सामानमा अनिवार्य रुपमा बिल जारी गराउन अनुगमन समितिले बजारलाई निर्देशन दिएको छ ।

वि.सं.२०७७ भदौ १३ शनिवार १४:३९ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...