back
NMB ad

काठमाडौंमा सक्रिय बन्यो बागमती सरकार: आइसोलेसन केन्द्र संचालन हुँदै

Kumari bank ad
काठमाडौँ । काठमाडौंको घट्टेकुलो स्थित नेसनल मेडिकल कलेजको आज बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेल सहितको टोलीले निरिक्षण गरेको छ।
उक्त अस्पताललाइ बागमती प्रदेश सरकारले आइसोलेसन निर्माण गर्ने तयारी गरे पश्चात उक्त अस्पतालको आज मुख्यमन्त्रि सहितको टोलीले निरीक्षण गरेको हो ।
मंगलबार नेपाल सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकाल सहितको उपस्थितिमा काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफलले काठमाडौंमा छ  हजार आइसोलेसन बेड तयार गर्ने निर्णय गरेको  थियो।
सो छलफल पश्चात काठमाडौं उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा केन्द्रीय सदस्य तथा  सांसद अध्यक्ष कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ र बागमती प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीलाई जिम्मेवारी दिइएको थियो।
सो जिम्मेवारी प्राप्त गरे पश्चात  उनीहरु  उपत्यकामा तत्काल  ५ सय बेडको आइसोलेसन केन्द्र संचालनका लागि घट्टेकुलो स्थित काठमाडौँ नेसनल मेडिकल अस्पताल केहि दिन भित्रमा नै संचालन गर्ने तयारी रहेको छ ।
बागमती प्रदेसका अन्य जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्रको व्यवस्थापन भएपनि काठमाडौंमा कठिनाइ देखिए संगै बागमती प्रदेस सरकारले तिनै तहका सरकारहरु संगको सहकार्यमा संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि आइसोलेसन केन्द्र छनौट गरि संचालन गर्न लागेको हो।
काठमाडौं उपत्यकाकामा भक्तपुर जिल्लामा बागमती प्रदेस सरकारको भक्तपुर अस्पताल अन्तर्गत खरी पाटिमा आइसोलेसन केन्द्र  रहे पनि काठमाडौं र ललितपुर जिल्लाका  कुनै पनि स्थानमा आइसोलेसन केन्द्र नरहेको अवस्थामा प्रदेस सरकारले सम्भावित स्थानको छनौट गरि आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो।
 उक्त निरीक्षण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेल सहित बागमती प्रदेशका सामाजिक विकास मन्त्रि युवराज दुलाल, प्रतिनिधि सभा सदस्य कृष्ण राई , प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने,काठमाडौंका  प्रमुख जिल्ला अधिकारी जनक राज दाहाल , प्रदेस सभा सदस्य दिपेन्द्र श्रेष्ठ , काठमाडौं महानगरपालिका वडा नं २९  का वडा अध्यक्ष कुश ढकाल सहितको टोलीले उक्त अस्पतालको निरीक्षण गरेका थिए ।
काठमाडौंमा कोरोना संक्रमितहरुलाई एकीकृत रुपमा व्यवस्थापनका लागि भाद्र १२ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संग छलफल गरिएको थियो भने त्यस पश्चात साँझ स्वास्थ्यमन्त्री भानुभक्त ढकाल ,काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य लगायत संग छलफल गरेको थियो।
आवस्यकता परेको अवस्थामा काठमाडौंमा करिव ८ हजार आइसोलेसन बेड उपलव्ध गराउने गरि तयारी गरेको सांसदहरुको सो टोलीले सम्पूर्ण आवस्यक नीतिगत तथा प्राविधिक तयारीका लागि मुख्यमन्त्री पौडेल संग आग्रह गरेको थियो।
त्यो संगै काठमाडौं जिल्लाका प्रदेस सभा सदस्यहरु संग कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि गर्न सकिने कार्यहरुका वारेमा छलफल गरेका मुख्यमन्त्रि पौडेलले भूमिका माग्न भन्दा पनि खोज्न आग्रह गर्दै काठमाडौंमा प्रदेस सरकारको पहलमा आइसोलेसन केन्द्रलाई संचालन गर्ने अन्तिम तयारीमा पुगेको जानकारी गराएका थिए।

वि.सं.२०७७ भदौ १३ शनिवार १९:३२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...