काठमाडौं । एनएमबि बैंकका ग्राहकले ० प्रतिशत ईएमआईमा सामसङका मोबाइल फोनहरू खरीद गर्न सक्ने भएका छन् । बैंक र नेपालका लागि सामसङ मोबाइलको अधिकृत विक्रेता आईएमएसबीच भएको समझदारीका आधारमा बैंकका ग्राहकले सो सुविधा पाउने भएका हुन् ।
उक्त समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र आईएमएसका प्रबन्धक–सेल्स एन्ड अपरेशन नारायणप्रसाद भुषालले हस्ताक्षर गरेका छन् ।
समझदारीपछि एनएमबिका ग्राहकले स्यामसङ मोबाइलको आधिकारिक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरूको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत ९ महीनासम्मको सरल किस्तामा समानहरू खरीद गर्न सक्ने छन् ।
वि.सं.२०७७ भदौ १४ आइतवार ०८:५३ मा प्रकाशित