back
NMB ad

अन्ततः भदौ २१ गतेसम्म निषेधाज्ञा जारी रहने, प्रशासनले फेरि गर्यो यस्तो निर्णय (सूचनासहित)

Kumari bank ad

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले एक हप्ताका लागि जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि जिषेधाज्ञा जारी गरिएको हो ।

कोरोना संक्रमण महामारीको रुपमा फैलन थालेपछि निषेधाज्ञा जारी गर्नु परेको बताइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय तथा सिफारिसमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।

भदौ २१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा गरिएको प्रशासनले जनाएको छ । सो अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय संचालन गर्न नपाइने बताइएको छ ।

अत्यावश्यक सामग्री लगायतका मालवाहक ढुवानीका सवारी साधन, स्वास्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सबै सवारी साधन जिल्ला प्रवेश गर्न निषेध गरिएको छ भने जिल्ला भित्र संचालन हुने सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनमा समेत रोक लगाइएको छ ।

कुनै पनि मेला, पर्व, महोत्सब, जात्रा संचालन गर्न, मानिसहरु भेलारजम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्नमा समेत निषेध गरिएको छ । यदि आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने उपर संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही हुने समेत भनिएको छ । आवश्यकतालाई मध्यनजर गर्दे निषेधाज्ञालाई बढाउन समेत सकिने बताइएको छ ।

वि.सं.२०७७ भदौ १४ आइतवार १२:०९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...