back
NMB ad

अमेरिकामा संक्रमितको संख्या ६० लाख बढी, कलेजमा फैलियो संक्रमण

Kumari bank ad

एजेन्सी । अमेरिकामा आइतबार कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख पार भएको छ । यसका साथै मिडवेस्टका थुप्रै राज्यमा संक्रमण तीब्र रुपमा बढ्न थालेको छ ।

आयोवा, नर्थ डाकोटा, साउथ डाकोटा र मिनिसोटामा संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ । यस्तै मोन्टाना अस्पतालमा भर्ना गरिएका बिरामीको संख्यामा पनि वृद्धि भएको छ ।

देशभरीको आँकडाको कुरा गर्ने हो भने, नयाँ संक्रमित, मृत्यु र अस्पतालमा भर्ना हुनेहरुको संख्या कम नै भइरहेको छ तर मिडवेस्टमा नयाँ हटस्पट देखिन थालेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार आयोवामा थुप्रै यस्ता काउन्टिजमा नयाँ संक्रमित देखा परेका छन् जहाँ युनिभर्सिटी र कलेजमा कक्षा चालू भएका थिए । तर कलेज खोलिएपछि संक्रमितको संख्यामा तीब्र वृद्धि देखिएको छ । यस्तोमा केही कलेज पुनः अनलाइन कक्षामा फर्किएका छन् ।

आइतबार न्यूयोर्कका गभर्नरले आफ्नो राज्यबाट विशेष दललाई ओनिओन्टामा स्टेट युनिभर्सिटी अफ न्यूयोर्क पठाइएको जानकारी दिए । सयभन्दा बढी व्यक्ति संक्रमित पाइएपछि त्यहाँ दुई हप्ताका लागि कक्षा रोकिएका छन् ।

युनिभर्सिटीका चान्सलरले भने, ‘हामीले खबर पाएका छौं कि विद्यार्थीहरुले पार्टी गरेका थिए जसमा धेरै मानिसहरुको सहभागिता थियो । तीमध्ये कोभिड–१९ को लक्षण देखिएका विद्यार्थी पनि समावेश भएका थिए ।’

स्रोतः बीबीसी

वि.सं.२०७७ भदौ १५ सोमवार ०७:२२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...